Friday 3rd April 2026

पाँच साहित्यकारलाई अक्षरमार्ग सम्मान


अक्षरमार्ग साहित्यिक संस्थाले पाँच जना साहित्यकारलाई सम्मान गरेको छ। अक्षरमार्ग साहित्यिक संस्थाले वसन्त काव्यगोष्ठी,पुस्तक विमोचन तथा पाँच साहित्यकारलाई २०७९ सालको अक्षरमार्ग सम्मान तथा पुरस्कार प्रदान गरेको छ।

कार्यक्रममा अक्षरमार्गले प्राडा विष्णु एस राईलाई विष्णुहेम अक्षरमार्ग वसन्त काव्य सम्मान, श्रीराम राईलाई विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान, ध्रुवनारायण जोन्छेंलाई कमानसिंह तुलसा सिर्जना अक्षरमार्ग सिर्जना सम्मान, सीता विष्टलाई विष्णुसुन्दर अक्षरमार्ग काव्य सम्मान र वसन्त नकर्मीलाई दुर्गाजगत अक्षरमार्ग काव्य सम्मान प्रदान गरिएको थियो।
पुस्तक लोकार्पण तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि तथा पनौती नगरपालिकाका नगरप्रमुख भण्डारीले स्रष्टाहरूलाई सम्मान गरेका थिए।
यस्तै कार्यक्रममा पनौती साहित्य समाजकी सुभद्रा दहालको लेखसंग्रह ‘मनको आँखा’ र र मीरा चापागाई पौड्यालको कथासंग्रह ‘देखेको कथा’ पुस्तकको पनौतीका नगरप्रमुख भण्डारीले लोर्कापण गरेका थिए।
साहित्यकार रामसुन्दर देउजाले सुभद्रा दहालको लेखसंग्रह ‘मनको आँखा’ले भौतिकवादी हुँदै गएको मानिसलाई केही सोच्न बाध्य बनाएको बताए। उनले पुस्तकले मानिस सामाजिक प्राणी भएकाले व्यक्तिगत स्वार्थबाट माथि उठी अरूका लागि पनि बाँच्न अभिप्रेरित गरेको पनि बताए।
त्यस्तै समीक्षक तुयुकाजी महर्जनले मीरा चापागाई पौड्यालको
‘देखेको कथा’ कथासंग्रहका कथा पाठकलाई आफ्नै कथा जस्तो लाग्ने गरेको बताए। उनले भने, ‘यो कथा पढ्दा पाठकलाई नाउँ अरूको राखेर आफ्नै कथा लेखिएको जस्तो लाग्ने छ।
यहाँ सङगृहीत अधिकांश कथा छोटामीठा छन्। कथाले महिलामाथि हुने घरेलु हिंसा, गरिबमाथि हुने शोषण, विधुवाले खप्नुपर्ने चोट, नेताको नौटंकी, बेमेल विवाहले निम्त्याइको पीडा जस्ता विविध पक्षलाई कथाले समेटेको छ।’
कार्यक्रमको प्रमुख अतिथि तथा पनौती नगरपालिकाका नगरप्रमुख भण्डारीले भाषा,सस्कार,संस्कृति जोगाउन र समाजलाई माथि उठाउन साहित्यको उल्लेखीय भूमिका रहने बताए।
पनौती साहित्य समाजको सहआयोजना तथा इन्द्रेश्वर क्याम्पसको संयोजनमा भएको कार्यक्रममा अक्षरमार्ग साहित्यिक पत्रिकाका सम्पादक सूर्यप्रसाद लाकोजूको अध्यक्षता तथा साहित्यकार तारा केसीको संचालन रहेको थियो।
कार्यक्रममा उर्मिला पन्त, हरिसुन्दर छुका, हरिप्रसाद चौलागाई, संगीता ठाकुर, सरस्वती चिमोरिया, दिलकुमारी डंगोल, ध्रुवकृष्ण ताम्राकार,विकुनारायाण ताम्राकार, शारदा घिमिरे भैलले कविता, गीत, गजल मुत्तक जस्ता आआफ्ना रचना वाचन गरेका थिए।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...