शिवरात्री विशेष जुनेलीहरू:
(१)
महिमा
गाऊँ
शिवको
नाउँ।
(२)
मुनि
अत्यन्तै
गुणी।
(३)
शिव छन्
प्यारा
प्रेमका
धारा।
(४)
ताण्डव
नृत्य
भोलेको
कृत्य।
(५)
पिएर
विष
दबाए
रीस।
(६)
शंकर
देव
बुझिन्न
भेउ।
(७)
शिवको
भक्ति
अपार
शक्ति।
(८)
संसार
रच्ने
मनमा
बस्ने।
(९)
पार्वती
माता
शिव हुन्
भ्राता।
(१०)
ओम् शिव
जपाैं
पुण्य नै
थपौं।
दीपक ठटाल जलन
खरसाङ,दार्जिलिङ
भारत