Sunday 18th October 2026

टर्की भूकम्पको ११ दिनपछि पनि जिवितै उद्दार, मर्नेको संख्या ४१ हजार भन्दा बढी


टर्कीमा भूकम्प गएको ११ दिनपछि तीन जनालाई उद्धार गरिएको छ। उद्धारकर्मीले १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरिएको हो।

टर्कीको दक्षिणपूर्वी क्षेत्र र सिरियामा गएको ७.८ म्याग्निच्यूडको भूकम्पको २६० घण्टापछि १४ वर्षीय उस्मानलाई उद्धार गरिएको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले ट्वीटरमा जानकारी गराएका छन्।

उनले १३ वर्षीय उस्मानलाई उद्धारपछि स्ट्रेचरमा बोकिरहेको भिडियो पनि पोस्ट गरेका छन्। उनको हताय प्रान्तको अन्ताक्यास्थित अस्पतालमा उपचार भइरहेको छ। उद्धारकर्ताले भग्नावशेषमा आवाज सुनेपछि उस्मानलाई फेला पारेको सरकारी समाचार एजेन्सी अनादोलुले अधिकारीहरूलाई उद्धृत गरी उल्लेख गरेको छ।

उद्धारकर्मीले बिहीबार नै अन्ताक्यामा २६ र ३३ वर्षका अन्य दुई जनालाई उद्धार गरेको कोकाले बताए। ११ औं दिनमा उद्धार गरिएका २६ वर्षीय मेहमत अली साकिरोग्लु र ३३ वर्षीय मुस्तफा अव्सीलाई उस्मानलाई उद्धार गरिएकै स्थानको भवनको भग्नावशेषबाट उद्धार गरिएको डीएचए समाचार एजेन्सीले जनाएको छ।

‘म ठीक छु, मलाई कुनै समस्या छैन,’ कोकाले सार्वजनिक गरेको भिडियोमा प्रियजनलाई कल गर्ने क्रममा अब्सीले भनेका छन्। अव्सीले आफ्नो उद्धारपछि आफ्नी आमाको अवस्थाबारे सोधेका थिए। भूकम्पका कारण टर्की र सिरियामा ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छ।


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...