Sunday 27th July 2025

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : छैँसठ्ठीऔँ भाग (६६)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/१०/१०
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास : आफू खुसी
स्थायी :- आफ्नो पञ्चाङ्गमा मिल्ने खालको ।
अक्षर संख्या :- १८
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

माया प्रेम स्नेह भन्ने कुरा देखावटी हुनु हुन्न
दिन नसकेको ममता पाइन भनी रुनु हुन्न
सम्झना गर विगतलाई व्यवहार थियो कस्तो
फालिदिन्थ्यौ लगाउने लुगा, फोहोर छ धुनु हुन्न
वृद्धलाई हेला गर्थ्यौ रोगीलाई भन्थ्यौ छुनु हुन्न ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

तन गलेको छ ‌
आस्था ढलेको छ
किन यो दिलमा
आगो बलेको छ
मन जलेको छ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ३

आसा गरेर बस्दछन् मान्छेहरू दिन्छु भनेपछि
मोलमोलाइ कस्न थाल्दछन् केही किन्छु भनेपछि
एक आपसको विश्वासमा अडेका छन् सबैकुरा
छुट्छन् इष्टमित्र इच्छा बिपरित लिन्छु भनेपछि
शत्रुता बढ्न सक्दछ आखिरमा छिन्छु भनेपछि ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग ४

कुबाटो नराम्रो सिकाउनेलाई काखी च्याप्छन् अझै
आफू बेचिएको कुनै थाहा छैन , हात थाप्छन् अझै
राम्रोलाई कुरा काट्दै, खुट्टा नै तानेर हिंडिदिन्छन्
भोगिएको तीतो सत्य हो , बलेकै आगो ताप्छन् अझै
दम्भ गर्दै आफ्नै त्यो स्थायी घरको जग्गा नाप्छन् अझै ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ५

खान भनेपछि आजका मान्छेहरु हुरुक्क हुन्छ्न्
नया नया ठाउँ घुम्न जान भनेपछि जुरुक्क हुन्छन्
मुख मात्रै बजाउछन् ट्याउँ ट्याउँ-ट्याउँ ट्याउँ गरी
अरुले ठूलो स्वरले बोले मात्रै पो लुरुक्क हुन्छन्
गल्ती नै नभए पनि थर्कायो भने थुरुक्क हुन्छन् ।

पशपती राई खोटाङ्ग

पञ्चाङ्ग ६

नचलाउनु सानो भएपनि त्यो निकै सुरो हुन्छ
आजकाल जति सहि बोले पनि झुट कुरो हुन्छ
छोडिदेऊ अब यस्ता सानोतिनो कुरामा नलाग
साँढे झैँ देखिने हो अलिक दिन मात्र जुरो हुन्छ
नसक्ने भएपछि साना केटाकेटी झैँ भुरो हुन्छ ।

अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा

पञ्चाङ्ग ७

अनेकौ चोट दिलमा यसरी खाएर हास्नु पर्छ
भ्रम जति हरक्षण मनमै छाएर हास्नु पर्छ
बिस्वास गरेको जस्तो भर कसैको छैन अचेल
धोका मात्रै कति होला फगत पाएर हास्नु पर्छ
हरपल खोट मैले मनमा लाएर हास्नु पर्छ ।

रतन बिष्ट आलिताल, डडेल्धुरा

पञ्चाङ्ग ८

गर्छु भन्नेलाई गर्न देऊ
तर्छु भन्नेलाई तर्न देऊ
संवृद्धि नौलो शुसासनमा
छर्छु भन्नेलाई छर्न देऊ
भर्छु भन्नेलाई भर्न देऊ ।

भगवती दवाडी, दमक, झापा

पञ्चाङ्ग ९

देशको माया लाग्छ भन्छु गरेर देखाउन गाह्रो
सोचेको जस्तै माया इतिहासमा लेखाउन गाह्रो
परिस्थितिले गर्दा हो कि यथार्थनै यस्तो नबुझ्ने
व्यवहारका खातिर आशावादी भेटाउन गाह्रो
एक्लो भएर निराशाले यो सब मेटाउन गाह्रो ।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १०

नभेट्ने र नचाहिने ठाउँ खोजी छुन पर्दैन
नभएका कुरा सुनी जाली भन्दै रुन पर्दैन
चाहिएजति दिए हुन्छ एकैपटकमा किन
मनका सारा कहानी वृतान्तमा धुन पर्दैन
मनै सफा भए भैगो अजम्बरी सुन पर्दैन ।

जमुना आचार्य सिन्धुपाल्चोक


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...