Wednesday 31st December 2025

गुणनिधि घिमिरेका कुम्भ संक्रान्ति विशेष पञ्चाङ्ग


पञ्चाङ्ग

समाजलाई संस्कारित परम्परामा ढाल्न पाए हुन्थ्यो
सबै बेथिति र कुसंस्कारहरूलाई फाल्न पाए हुन्थ्यो
अन्धविश्वास र कुरितिहरूलाई फाल्दै समाजलाई
रुढिवादी कुरा छोडेर पूर्ण नितिमा गाल्न पाए हुन्थ्यो
पूर्खाले देखाएका सत्य मार्गहरूमा हाल्न पाए हुन्थ्यो ॥


देशमा बिधिको शासन चलाउने कदम चाल्न पाए हुन्थ्यो
भत्केका र बिग्रेका पौराणिक सम्पदाहरू टाल्न पाए हुन्थ्यो
देशमा प्रजातन्त्रको समुचित उपयोग नभएको देख्दा
जातजाति ठुलोसानोको नचाहिँदो विभेद फाल्न पाए हुन्थ्यो
हामीले यस्तै सुकर्महरूमा आफ्नो समय हाल्न पाए हुन्थ्यो

गुणनिधि घिमिरे
सूर्यविनायक, भक्तपुर
— २०७९/११/०१


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...