Sunday 7th June 2026

तमू समाज कुवेतको पहलमा उपचारत दुई जान चेलीलाई रगत उपलब्ध


तमू समाज कुवेतले कुवेतका फरक फरक अस्पतालमा उपचाररत दुइ जना नेपाली चेलीहरूलाइ अप्रेसन गर्न अावश्यक रगत उपलब्ध गराएको छ । रगत अभाव भएर अप्रेसन गर्न असहज भएपछि पीडितका अाफन्तले तमू समाज कुवेतसँग रगत उपलब्ध गराउन सहजीकरण गरिदिन सहयोग मागेका थिए ।

“रगतदान जीबनदान” मुटुको बिरामी भएर अदान हस्पिटलमा उपचारत गराई रहनु भएकी चेली अन्जान लिम्बु र सबाह मेटर्निटी हस्पिटलमा उपचारत गराई रहनु भएकी निर्मला गुरुङलाई उपचारको क्रममा शल्यक्रिया गर्नुपर्ने अवस्था आएको र डाक्टरद्वारा तुरुन्तै (ब्लड) उपलब्ध गराउन पर्ने सुझाब भएकोले बिरामीहरुको आफन्तजनबाट तमू समाजका पूर्व अध्यक्ष तथा वरिष्ट सल्लाहकार समाजसेवी खोप गुरुङलाई जानकारी गराउनु भएकोले बिरामीहरुको अवस्था बुझि सेन्टर ब्लड बैंक कुवेतसँग समन्वय गरि तुरुन्तै माग भए बमोजिमको रगत उपलब्ध गराइएको थियो। उपलब्ध रगत पस्चात उहाँहरु दुबै जनाको शल्यक्रिया सफल भई हाल उहाँहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको निज गुरुङले जानकारी दिनु भएको छ।

वास्तवमा ‘रक्त दान जीवन दान’ नै हो । यस भन्दा पहिले पनि तमू समाजको पहलमा (१९) जाना भन्दा बढी बिरामीलाई ब्लड उपलब्ध गराई उपचारमा सहयोग पु-याउन सफल भएको छ । हामी परदेशको भुमिमा कसैलाइ पनि रगत उपलब्ध गराउन पर्ने स्थिती नआओस भन्ने कामना गर्दछौ तर यदि कसैलाई भैपरी आई रगतको आवस्यकता परेमा तमू समाज कुवेतका सदस्यहरुलाई सम्पर्क गर्नु सक्नु हुने जानकारी गराउदछौ ।

कामना गरौ, उपचारत दुबै जना चेलीहरुलाई यथाशिग्र स्वास्थ्यलाभ मिली आ-आफ्नो कर्मक्षेत्रमा फर्कन सकुन ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं महानगरपालिकाले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नयाँ भूमि व्यवस्थापन अवधारणामाथि गृहकार्य अघि बढाएको छ। प्रस्तावित योजनाअनुसार…

लेबनानी हिजबुल्लाह समूहका महासचिव नाइम कासेमले लेबनान र इजरायलका प्रतिनिधिबीच अमेरिकी मध्यस्थतामा घोषणा गरिएको सशर्त युद्धविराम प्रस्तावलाई अस्वीकार गर्दै त्यसलाई…

BYD आयात विवाद अहिले केवल एउटा कम्पनी वा केही गाडीको विषय मात्र नभई नेपालको राजस्व प्रशासन, भन्सार प्रणालीको पारदर्शिता र…

प्रतिकृयाहरू
...