Thursday 13th August 2026

सरस्वती शर्माका तार्किक जुनेलीका ज्योतिहरू


(१)
पुषको
जाडो
जीउन
गार्‍हो।
(२)
कोशिस
गर
अगाडि
बड।
(३)
खुसी छ
मन
आफन्त
सँग।
(४)
जुनेली
देखे
कविता
लेखे।
(५)
सबैको
साथ
मिलाई
हात।
(६)
माघको
बेला
जाउँला
मेला।
(७)
चौबन्दी
चोली
ल्याउँछु
भोली।
(८)
चलेन
नेट
भएन
भेट।
(९)
उमेर
छोटो
भाग्यमा
खोटो।
(१०)
चिसो भो
अति
गयो नि
गति।
(११)
पुर्णेको
रात
गरौंला
बात।
(१२)
गर्दछन्
कुरा
बनेर
सुरा।
(१३)
माघको
मेला
भएर
भेला।
(१४)
गर्दछन्
भुरा
नभाका
कुरा।
(१५)
चिसोको
याम
बाटो छ
जाम।
(१६)
बनाए
बाटो
छापेर
माटो।
(१७)
जुनेली
मित्र
संसार
भित्र।
श्रीमती सरस्वती शर्मा
छोटा राँगारून चियाबारी
दार्जिलिङ,भारत


सम्बन्धित शीर्षकहरु

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन्।…

अमेरिकाले इरानमाथिको नाकाबन्दी कडा पार्‍यो, ५९ व्यावसायिक जहाजको मार्ग परिवर्तन अमेरिकी सेनाले इरानका बन्दरगाहतर्फ जाने वा त्यहाँबाट निस्कने ५९ वटा…

जापानले जुलाई ३१ मा नेसनल इन्टेलिजेन्स ब्युरो (NIB) स्थापना गर्दै दशकौँपछि आफ्नो गुप्तचर संरचनामा ठूलो पुनर्गठन गरेको छ। यसको उद्देश्य…

प्रतिकृयाहरू
...