Thursday 16th July 2026

पञ्चाङ्ग साहित्य समाजको चित्रमा पञ्चाङ्ग, भाग – ४८


चित्रमा पञ्चाङ्ग
===========
भाग: ४८
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०७९/१०/०५
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको अठ्चालीसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

जिन्दगीको आवश्यकता के थाहा कहाँ कति चाहिन्छ भनेर
यात्रा हो कहिले खुसी कहिले दुःख, मृत्यु नै पाइन्छ भनेर
कसैले कति सोच्दछ र भवितव्य आउला संसार छाडूँला
भन्छन् मर्नु परेछ भने पनि सङ्घर्ष हो धाइन्छ भनेर
छाड्नुपर्ने प्रकृति छाड्नलाई जिउँदो गीत गाइन्छ भनेर ।
सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

यो गाउँ रोयो सहर रोयो
गीत गजल बहर रोयो
खरानी भयो जिन्दगी सारा
सेती खोंचमा नहर रोयो
मन भित्रको रहर रोयो ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ३

घरि घरि दु:खद घटना घटि रहन्छ
न्युन होला भन्यो झनै यहाँ बढि रहन्छ
नेपाली आकाशलाई कालो सुचीमा राखी
सरकार मन लागि खुव गरि रहन्छ
जनताको नयनमा आँशु बगि रहन्छ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती -३,काभ्रे

पञ्चाङ्ग ४

कहाँ,कतिखेर,के र को दुर्घटनामा पर्ने हो
सुरक्षा दिन्छु भन्दै कहिले सम्म गफ गर्ने हो
घटना घट्यै पिच्छे बनाएको बनायै आयोग
अनुसन्धान गर्ने भन्दै कहिले सम्म चर्ने हो
मार्ने होइन क्यै माखो नागरिक नै त मर्ने हो ।

-खोटाङ्ग

पञ्चाङ्ग ५

काल कता छ भनेर खोजे जास्तै लाग्यो
थोत्रो विमान गनेर रोजे जस्तै लाग्यो
अकालमै ज्यान घुमाउन बाद्य भए
मृत्युको भोज कनेर भोजे जस्तो लाग्यो
कुपथ्य जाल बनेर गोजे जस्तो लाग्यो ।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग ६

सुन्ने नरुने कोही भएनन्
मन नछुने कोही भएनन्
बिरलै हुन्छन् यस्ता घटना
नेत्र नधुने कोही भएनन्
मृत्यु नहुने कोही भएनन् ।

घनश्याम पौडेल, पोखरा

पञ्चाङ्ग ७

कसले जानेको छ मर्ने कहाँ हो
उड्दा जहाजबाट झर्ने कहाँ हो
थोत्रा जहाज ल्याएर नेपालमा
मर्नेकाले त्यो पेट भर्ने कहाँ हो
घरकाले नमाने सर्ने कहाँ हो ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ८

जन्मनु र मर्नु हाम्रो हातमा हुदैन
संसार छोडेर जाँदा मातमा हुदैन
हजार कुरा जोहो गर्न अनेक दुःख
स्वासको आशा कसै जातमा हुदैन
सपना टपक्क दिन रातमा हुदैन ।

अम्विका अधिकारी
झापा विर्तामोड

पञ्चाङ्ग ९

जीवनको नै भरोसा छैन यात्राको कुनै पनि
गन्तव्यमा पुग्न नसकी भइदिन्छ खुनै पनि
केही गरेर यथार्थपरक जीउन गार्हो छ
सक्ने विरलै यस्तो हालतमा गर्न गुनै पनि
बाँध्न कसले सक्नु अन्तिम क्षणको तुनै पनि ।

जमुना आचार्य सिन्धुपाल्चोक

पञ्चाङ्ग १०

कैयौं रहरहरू यतै साँचेर गए बरै
क्षणभर मै मन मुटु जाँचेर गए बरै
आशाका नवकिरण सजाउने ती दिनमा
आफन्तको माया ममता भाँचेर गए बरै
नबिर्सने गरि आँखैमा नाचेर गए बरै ।

प्रेम थापा “मन”बागलुङ

पन्चाङ्ग ११

प्रणाली अनुशरण भएन देशमा
चुस्त दुरुस्त सम्यन्त्र रहेन देशमा
देश बनाउछु भनी ठुला कुरा गर्ने
थोत्रा गाडी र विमान गएन देशमा
प्रतिबद्धता लागू गर् कहेन देशमा !

कमला देवकोटा

पञ्चाङ्ग १२

सपना अनेकौं आज मारेर गयौ
खुसी सारा दुर कतै तारेर गयौ
आफन्तलाई पिडा हुन्छ जान्दा जान्दै,
कुन वैरी सँग तिमी हारेर गयौ
आँसुको तालमा देश पारेर गयौ ।

रतन बिष्ट
आलिताल डडेल्धुरा

पञ्चाङ्ग १३

जिन्दगीमा जन्मेपछि मर्ने तर कसरी
जहाजमा उडान त गर्ने तर कसरी
नेपालमा दुर्घटना भएर मेरो मन
कामिरहेको छ जन भर्ने तर कसरी
मर्मत भएको भए झर्ने तर कसरी ।

भगवती दवाडी, दमक, झापा

पञ्चाङ्ग १४

सधैँ कहाँ हुन्छ यस्तो घटना
कति दर्दनाक तेस्तो घटना
प्रभु किन बेला बेलामा हुन्छ
सहन गाह्रो छ कस्तो घटना
अब नपरोस् त्यो जस्तो घटना ।

शोभा आचार्य, गौतम
काठमाडौँ

पञ्चाङ्ग १५

हेर्दा हेर्दै प्लेन टुक्राटुक्रा भयो हेर
बहत्तर जना ज्यान त्यस्सै गयो हेर
प्लेन चालक नजान्ने पनि होइनन् नी
खै यो सेती नदीले कसरी लयो हेर
आगोको तातो राप कसरी सयो हेर ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १६

कहाँ कति बेला थाहा छैन
परिने हो फेला थाहा छैन
बिराम लाग्ने हो अकालमै
जिन्दगीको खेला थाहा छैन
दुई दिने मेला थाहा छैन ।

वसन्त अनुभव
घोराही, दाङ

पञ्चाङ्ग १७

आकासमा उड्ने लिइ रहर मनैमा
छुने सेता बादलका लहर मनैमा
राम्रो साईँतमा यति विमानमा उड्दा
भै अनभिज्ञ भाग्यको कहर मनैमा
पोखरा गुनी सुन्दर सहर मनैमा ।

टीकाराम जोशी, टीकापुर

पञ्चाङ्ग १८

एक पछि अर्को घटना घटी रहन्छ
कम हुने आशै नगरौं बढि रहन्छ
नेपालीले कहिल्यै राम्रो सुन्न गाह्रो भो
सरकार घटना रोक्न लडि रहन्छ
जन घटना सम्झी आँसु बगि रहन्छ ।

दुर्गा भट्टराई
मोरङ


सम्बन्धित शीर्षकहरु

एर्बिल, इराक। इराकको कुर्दिस्तान क्षेत्रको राजधानी एर्बिल (Erbil) माथि उडिरहेको एक विस्फोटक ड्रोन हवाई प्रतिरक्षा प्रणालीले खसालेको इराकी सुरक्षा स्रोतलाई…

कुवेत सिटी। कुवेतको रक्षा मन्त्रालयले इरानसँगको जारी तनाव सुरु भएयता आफ्नो वायु रक्षा प्रणालीले ठूलो संख्यामा मिसाइल र ड्रोन आक्रमण…

इरानका प्रमुख वार्ताकार गालिबाफ : ‘युद्ध चाहँदैनौँ, तर राष्ट्रिय सुरक्षाका लागि अन्तिमसम्म लड्न तयार छौँ’ तेहरान। इरानका प्रमुख वार्ताकार मोहम्मद…

प्रतिकृयाहरू
...