Friday 19th April 2024

चित्रमा पञ्चाङ्ग, भाग – ४७


चित्रमा पञ्चाङ्ग
===========
भाग: ४७
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०७९/०९/२८
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलक
———————–
अच्युत घिमिरे भुटान
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सठ्चालीसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

सम पञ्चाङ्ग
माया मारेर गएपछि हाँसोको के नै अर्थ रह्यो
स्वकीय बाटो रोजेपछी चासोको के नै अर्थ रह्यो
बेलैमा बुद्धि नपुराए, पछि धोका दिने जिन्दगी
तड्पेर बस्नु परेपछि फासोको के नै अर्थ रह्यो
सिकार पैलै उम्केपछि पासोको के नै अर्थ रह्यो ।

च्वाट्टै चुट्टेर गएपछि गाँसोको के नै अर्थ रह्यो
अझै मन नपरेपछि टाँसोको के नै अर्थ रह्यो
एक पट्टी समाल्दा अर्कातिर भङ्ग हुने जिन्दगी
खै भावीले नै ठगेपछि डाँसोको के नै अर्थ रह्यो
रित्तो फर्कने बुझेपछि कासोको के नै अर्थ रह्यो ।

अच्युत घिमिरे, भुटान ।

पञ्चाङ्ग २

कति बाउनु यी अनिकाले मुखहरूलाई
भुलेर पनि भुल्न नसक्ने दुःखहरूलाई
आजित भइयो संसारको माया जालदेखि
सपनामा पनि नदेखिने सुखहरूलाई
आफैँ जलेर सकिने फोस्रो रुखहरूलाई ।

एकले अर्काको भर्नु पर्ने रहेछ पेट पनि
कस्तो अवस्थामा सबैको भएछ है भेट पनि
अनौठो लाग्छ हेर्दा आकृति यो देख्दा बाबै
पर्यावरण प्रकृतिले मिलाएछ सेट पनि
जाने ठाउँ एउटै बाटो लौ खुलेछ गेट पनि ।

सविता के.सी, काठमाडौँ ।

पञ्चाङ्ग ३

आफूले जाने कर्म चलिरहन्छ
गाउँघरमा पर्म चलिरहन्छ
यो संसार खाद्य श्रृंखलामा अड्ने
बुझेको खण्ड सर्म चलिरहन्छ
एक अर्काको धर्म चलिरहन्छ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ४

साँझ बिहान खाना दाना मानै पर्ने रहेछ
काल भन्ने समय आयो जानै पर्ने रहेछ
ईकोसिष्टम एकार्काको भरमा बाँच्ने चोला
गरुड लान्छ सर्पलाई लानै पर्ने रहेछ
आफ्नै काल आई सक्यो नि खानै पर्ने रहेछ ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग ५

सबैले आ-आफ्नो खाना खाने हो
त्यही अनुसार खोज्दै जाने हो
सर्पको आहार भ्यागुतो हुने
गरुडले सर्पलाई लाने हो
यस्तै भोजन सबले ठाने हो

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ६

सबैलाई बाॅच्नुपर्ने बाध्यता छ उस्तै।
हरैकमा खाना लिने दक्षता छ उस्तै।
प्रकृतिको लीला पनि साह्रै अचम्मको,
उपभोगी बस्तुमाथि सभ्यता छ उस्तै।
शिकारीको चाल अझै भव्यता छ उस्तै।

घनश्याम पौडेल, पोखरा

पञ्चाङ्ग ७

ठूलोले सानोलाई खान्छ,दबाउँछ यो हाम्रो अनुभव हो
त्यो नै वर्तमानमा खुब रमाउँछ यो हाम्रो अनुभव हो
भूतकालको कुरा भविस्यसम्म पुर्याउन कोसिस छैन
सर्वश्रेष्ठ मै हुँ भनेर बताउँछ यो हाम्रो अनुभव हो
आखिर आफ्नै उमेर त्यो घटाउँछ यो हाम्रो अनुभव हो ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ८

बाच्नको लागी खानाको मात्रा देखियो
पशु जीवन चक्रमा जात्रा देखियो
एकले अर्को मारेको मात्रै देखिन्छ
तीर मार्दा सबै जसो कात्रा देखियो
पञ्चाङ्ग चित्रमा पशु यात्रा देखियो ।

शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

पञ्चाङ्ग ९

ठूलाले सानालाई जहिले दबाउँछन् यहाँ
एकले अर्कालाई खाईरहे रमाउँछन् यहाँ
संसार यस्तै चलेको छ जुनसुकै प्राणीमा
साना साना कुराहरु स्वतः पचाउँछन् यहाँ
सके सम्म चपाउन सक्ने चपाउँछन् यहाँ ।
सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १०

जोगाउन अस्तित्व अरुलाई दलिरहन्छ निरन्तर
शक्तिको भोकले पेटमा आगो बलिरहन्छ निरन्तर
पारिस्थितिक प्रणालीको त्यो शक्ति सञ्चारको शृङ्खलामा
निर्बल शिकार भै दमनमा गलिरहन्छ निरन्तर।
जीवन सङ्घर्ष यो जगतमा चलिरहन्छ निरन्तर।

टीकाराम जोशी, टीकापुर

पञ्चाङ्ग १०

गरुड ले सर्प खान्छ है
एक सासले नै तान्छ है
यिनिहरु आपसि सत्रु
गरुड् देखे सर्प जान्छ है
अठ्ठयाएर सर्प लान्छ है ।

म प्र धि

पञ्चाङ्ग ११

अन्न फलफूल होस् वा प्राण खाएर भोक टार्नु पर्छ
चिनेर आफ्नो आहारा आफैँले अर्कोलाई मार्नु पर्छ
प्रकृतिले आहार चक्र मिलाई दिएको छ जसरी
घुमाई फिराई आफ्नो बसमा कसैगरी पार्नु पर्छ
एकअर्काकै आहारा भएर कालसँग हार्नु पर्छ ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग १२

जसको शक्ति उसकै भक्ती हुन्छ यहाँ
अर्काको चीत्कार रमाउदै सुन्छ यहाँ
संसार यसै रितले चलेको देखिन्छ
केगरी अरुलाई फसाउँ गुन्छ यहाँ
निरीह आफुलाई धिकार्दै रुन्छ यहाँ ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग १३

जिबनको प्रक्रिया चलिरहेको छ यहाँ
एक अर्का भरमा परिरहेको छ यहाँ
प्रकृतिको लिला यस्तै त हो नि बिचित्रको
भगवानले खेल रचिरहेको छ यहाँ
एकले अर्का खेदो खनिरहेको छ यहाँ ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग १४

एउटालाई बाच्न अर्को मर्नु पर्ने रहेछ
किन एक अर्काको हत्या गर्नु पर्ने रहेछ
यो कस्तो अनौठो नियति रहेछ प्रकृतिको
आफू बाच्न अरुको भर पर्नु पर्ने रहेछ
अस्तित्व कसै न कसैको हर्नु पर्ने रहेछ ।

रतन बिष्ट
आलिताल डडेल्धुरा

पञ्चाङ्ग १५

आफैंलाई छोपिसक्यो उर्लेर छालले हेर
माझिले छोप्न खोज्दैछ माछि जालले हेर
धर्तीमा जीव पनि अजिवको हुँदोरहेछ
आफुलाई नै निलिसक्यो त कालले हेर
सिकार देखे रसाउछ मुख रालले हेर ।

पशपती राई
-खोटाङ

पञ्चाङ्ग १६

कत्तिको बुझाउन नसक्ने तन्मन रहेछ
कम्जोर भेटेपछि लखेट्ने झन्झन रहेछ
प्रकृतिको नियम सायद यस्तै हुँदो होला
मर्ने जतिलाई त पिडाको टन्टन रहेछ
ठुलाले सानालाई अचेट्ने चलन रहेछ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

पञ्चाङ्ग १७

एकपछि अर्कोले मृत्यु भोक्नै पर्छ
जिउनलाई दुःख कष्ट बोक्नै पर्छ
कसलाई पो छ सोचेजस्तो जिन्दगी
हार वा जीत होला टोक्दा टोक्दै पर्छ
मृत्यको तराजुमा ज्यान जोक्नै पर्छ ।

हेमराज हेमराज महरा क्षेत्री
रोल्पा नगरपालिका ५ रोल्पा

पञ्चाङ्ग १९

बाच्नको लागि शत्रुसंग पनि त लड्न सक्नुपर्छ
हैसियत हेरि पछाडि नफर्की बढ्न सक्नुपर्छ
विनाकारण कुनै आहारा बनाउन सकिँदैन
खान नपाए सडक र गल्लीमा सड्न सक्नुपर्छ
मान्छे पशुपंक्षीको कथा पुस्तक पढ्नु सक्नुपर्छ ।

अम्विका अधिकारी
झापा विर्तामोड

पञ्चाङ्ग २०

शिकारी नै शिकार हुनुपर्ने प्रकृतिको नियम
खुसीमा मात्दामात्दै रुनुपर्ने प्रकृतिको नियम
केही भर छैन जिन्दगीको झर्नसक्छ जतिखेरै,
पर्छ तत्काल हात धुनुपर्ने प्रकृतिको नियम
यमराजको पाउ छुनुपर्ने प्रकृतिको नियम

वसन्त अनुभव
घोराही, दाङ

पञ्चाङ्ग २१

बाँचनुछ सबैले मर्दैछु भन्ने यहाँ हुन्न
म कालको मुखमा पर्दैछु भन्ने यहाँ हुन्न
मृत्युकै मुखमापनि भोक र लोभ टर्दैन
मैले खराब कर्म गर्दैछु भन्ने यहाँ हुन्न
म त्यो उचाईबाट झर्दैछु भन्ने यहाँ हुन्न !

बिबस पारदर्शी

पञ्चाङ्ग २२

प्रकृतिको नियम चक्र सरी घुम्ने
कम्जोर भेटेपछि ती कसरी घुम्ने
सर्व शक्तिमान म नै हुँ भन्नु के छ
पीडा त्रास नै सबै मन भरी घुम्ने
यमराजको राज्य सबै तरी घुम्ने

सरिता काफ्ले कोहलपुर बाँके

पञ्चाङ्ग २३

आफ्नै जिन्दगीको कतै सास हराउँदै छ
अल्झिएको सानोतिनो आश हराउँदै छ
तर पनि सानोलाई दबाउने मन है
धर्तीबाटै आफ्नै यो ईतिहास हराउँदै छ
डरमात्रै खालि आफ्नाे गास हराउँदै छ ।

पञ्चाङ्ग २४

अरूलाई डस्न खोज्नेले आफूलाई हेरी घेर्नुपर्दछ पहिला
कतिपय अवस्थामा घाटा नाफामा के छ हेर्नुपर्दछ पहिला
आ-आफ्नो आहारा खोज्ने कर्तव्यबोध र जिम्मेवारी सबैको छुन्छ ,
भएपनि परिवेशमा अनेक मायाले बेर्नुपर्दछ पहिला
मै हुँ ठुलोठालु भन्ने नठानी सबैलाई टेर्नुपर्दछ पहिला

जमुना आचार्य, सिन्धुपाल्चोक

पञ्चाङ्ग २५

तानातान जो राजनीति छ
हानाहान पो राजनीति छ
जीवन रहे सम्म सङ्घर्ष
जानाजान यो राजनीति छ
मारामार को राजनीति छ ।

भगवती दवाडी


सम्बन्धित शीर्षकहरु

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो।…

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

प्रतिकृयाहरू
...