Friday 26th April 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : त्रिसठ्ठीअौँ भाग (६३)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/०९/२६
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास : गर्दैन, चर्दैन, छर्दैन, झर्दैन, टर्दैन, तर्दैन, पर्दैन, सर्दैन, हर्दैन आदि मिल्दो ।
स्थायी :- मिल्ने खालको ।
अक्षर संख्या :- ५ देखि २५ अक्षरका, पाँचै पद बराबर अक्षर सङ्ख्या भएका
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

उकुसमुकुस भएको हृदय, आँखाबाट झर्दैन आँसु
अभावको यो भान्सा, आवश्यकता केही पूरा गर्दैन आँसु
किलो जस्तो, सुईरो जस्तो, पीडा दिने पिलो जस्तो के रहेछ
भित्रबाट आई कोषबाट गाला हुँदै ठाउँ सर्दैन आँसु
जे जे होला होला अब हुने कुरा हुन्छ, मन भर्दैन आँसु ।

सविता के.सी.काठमाडौँ ।

पञ्चाङ्ग २

जति नै पीडा परे आँसु झर्दैन भनेर जान्नु
बर्षादको बेलामा झन गर्दैन भनेर जान्नु
मनमा भएको कुरा पोखेर बुझ्ने कोहि छैन
अरुको दु:खमा दु:ख त सर्दैन भनेर जान्नु
तनाव दर्द कसैले नि हर्दैन भनेर जान्नु ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
हाल बर्दिया ।

पञ्चाङ्ग ३

राम्रो काम गर्दैन आफै
सौम्य रङ्ग भर्दैन आफै
वाग माझ फूल बनेर
हो सुगन्ध छर्दैन आफै ‌
शान्ति सामु पर्दैन आफै ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ४

भाग्यको बिटो झर्दैन तेसै
लेखेको जति टर्दैन तेसै
सङ्घर्ष गर्नु मिलेर पर्छ
देखेको फेला पर्दैन तेसै
छेकेर केही हर्दैन तेसै ।

अच्युत घिमिरे

पञ्चाङ्ग ५

मिहिनेत हुने बाँच्न डराउँन पर्दैन कहिले
दुख र अभाव अगाडिअगाडि सर्दैन कहिले
असल व्यबहार गर्न सक्यो भने त समाजमा
कसैको डाहा र सरापले पनि मर्दैन कहिले
प्रगतिको शिखरबाट तल्तिर झर्दैन कहिले ।

तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा

पञ्चाङ्ग ६

तिमीले सिकाउनु पर्दैन नानी
नपाकी फल पनि झर्दैन नानी
बेलैमा कुरा बुझेर मान्छे चिन्नु
खसी बाख्रा खोलामा तर्दैन नानी
बुढो भए बिरुवा सर्दैन नानी ॥

टारटुर गरेर टर्दैन नानी
दाँत नभए गाई चर्दैन नानी
पत्यार लागेन विश्वास नगर्नु
साहसी त कहिल्यै हर्दैन नानी
अल्छेले केही पनि गर्दैन नानी ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग ७

भाग्यमा लेखेको कुरा कसैले हरेर हर्दैन हजुर
जे हुनु भएर छोड्छ कसैले टारेर टर्दैन हजुर
जति नै गाली गलोज गरेता पनि सरापे पनि यहाँ
भन्छन् मान्छेले झिँगाको सरापले डिङ्गा मर्दैन हजुर
मनमा नै चोट नभए बाहिर आँसु झर्दैन हजुर ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ८

मानिस आफ्नै कलामा प्रतिभामा भर पर्दैन किन
हर दुखियाको कोमल मनको झोला भर्दैन किन
कैयौं दु:ख आपतमा गर्छ मान्छे,र आफै बन्छ भान्छे
तर अझै पनि बढ्छ दु:ख कहिल्यै नि टर्दैन किन
दम्भ गर्छ सधैं आफ्नै दिमागले काम गर्दैन किन ?

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ९

मनमा चोट नलागी झर्दैन आँसु
आँखा बाहेक कहिल्यै सर्दैन आँसु
दु:ख पछि सुख आउँछ तर पनि
मनबाट टार्न खोज्यो टर्दैन आँसु
अविरल बग्दै जान्छ मर्दैन आँसु ।

अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा

पञ्चाङ्ग १०

गर्दैन कोही पनि काम केही
सर्दैन तेस्तो रुप फेर्न देही
छर्दैन त्यो शान्ति सदैब दाँगी,
झर्दैन सेखी जति डर्छ तेही
टर्दैन बाधा सब तर्फ यही ।

बिबस ……!

पञ्चाङ्ग ११

नेताले विकास गर्दैन नेपालमा
विना चोट अघि सर्दैन नेपालमा
विश्वासको लक्ष्य देखिएन है यहाँ
कामले छाक नि टर्दैन नेपालमा
सुखले बाच्न नै पर्दैन नेपालमा ।

शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

पञ्चाङ्ग १२

मायाको भाषा सिकाउनु पर्दैन हजुर
भाग्यमा छ भने टारेर टर्दैन हजुर
खाली किन समयको बर्बाद गर्नु यहाँ
खल्तीबाट सुको रुपैयाँ झर्दैन हजुर
खेत नखनी कोही बिउ छर्दैन हजुर ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग १३

हुने कुरा कसै त टर्दैन सानू
बिनासित्तिमा आँसु झर्दैन सानू
भएपनि मन नमान्ने रहेछ
चोट नपरी कोही डर्दैन सानू
तड्पाइरहन त पर्दैन सानू ।

जमुना आचार्य
सिन्धुपाल्चोक

पञ्चाङ्ग १४

पौरखीले कसैसँग डराउनु पर्दैन हेर
हुने हुनामी हुन्छ हुन्छ यो कतै सर्दैन हेर
त्यो त व्यक्तिले गर्ने व्यबहारमा भर पर्छ
शिक्षित व्यक्ति जहाँ गए नि भोकै मर्दैन हेर
उन्नतशील मान्छे कहिले तल झर्दैन हेर ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग १५

झारेर अश्रु धारा झर्दैन पिर कत्ति
यो मनबाट किन सर्दैन पिर कत्ति
खै लाख कोसिस अनि प्रयत्न गरेर
टारेर कहि कतै टर्दैन पिर कत्ति
खुसी दिदैन दैव हर्दैन पिर कत्ति ।

रतन बिष्ट
आलिताल डडेल्धुरा

पञ्चाङ्ग १६

बेकारमा आँसु झर्दैन मेरो
निष्ठुरीले माया गर्दैन मेरो
आफ्नो दुःख कसलाई भन्नु र
ऐचो पैंचो केही सर्दैन मेरो
मानो चामल नै भर्दैन मेरो

भगवती दवाडी, झापा

पञ्चाङ्ग १७

नगद खिच्ने विदेशीको काम गर्दैन अहिले
घुस नखाए कामको फाइल सर्दैन अहिले
दिव्य उपदेश सीमित छ नेताका भाषणमा
पक्षपाती कर्मचारी गल्तीमा डर्दैन अहिले
इमान्दार नेताका लागि भोट झर्दैन अहिले ।

टीकाराम जोशी, टीकापुर

पञ्चाङ्ग १८

माया गर्नु पर्दैन मलाई
छोएर अब सर्दैन मलाई
जबर्जस्ती नगर्नु कहिल्यै
पापको भारी भर्दैन मलाई
भगवानले हर्दैन मलाई ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३,काभ्रे

पञ्चाङ्ग १९

माया दया र प्रेम गर्दैन कतै
पिएर आँसु मन भर्दैन कतै
भन्दछ सधैँ धर्मको पुजारी हूँ
दीन दुखीको दिन टर्दैन कतै
अपराधी र पापी मर्दैन कतै ।

होम प्र.नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग २०

हुने हुनामी जति टार्न खोजे नि टर्दैन हजुर
उ त सिधा बाटो मात्रै हिड्छ अन्त सर्दैन हजुर
भाका पुगेको दिन नबिर्सी आइपुग्छ टुप्लुक त्यो
दाइने देब्रे यताउता केही पनि गर्दैन हजु
Sabita
Sabita Khatri
पञ्चाङ्ग २०
हुने हुनामी जति टार्न खोजे नि टर्दैन हजुर
उ त सिधा बाटो मात्रै हिड्छ अन्त सर्दैन हजुर
भाका पुगेको दिन नबिर्सी आइपुग्छ टुप्लुक त्यो
दाइने देब्रे यताउता केही पनि गर्दैन हजुर
भो भो तपाईंले बिन्ती बिसाउनु पर्दैन हजुर ।
पशपती राई खोटाङ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...