Saturday 4th April 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३६ औं श्रृङ्खला पृथ्वी जयन्ति एवं राष्ट्रिय एकता दिवस विशेष कव्य समाराेह भव्यरूपमा सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३६ औं श्रृङ्खला पृथ्वी जयन्ति एवं राष्ट्रिय एकता दिवस विशेष कव्य समाराेहकाे रुपमा यहि मिति २०७९ साल पुष २७ गते भव्यताका साथ सम्पन्न भयाे ।

खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं वरिष्ट साहित्यकार डा. बम बहादुर थापा जितालीकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि जितालीले चन्द्रागिरि साहित्य प्रतिष्ठानले हरेक हप्ता बुधवार संचालन गर्ने कार्यक्रम कुनै न कुनै विषय र विधामा सन्चालन हुन्छ त्यसमा अाज पृथ्वी जयन्तीकै दिन पर्नु पनि एउटा गर्वकाे कुरा हाे भन्नु हुँदै १६ वर्ष पछि राज्यले पनि भव्य रुपमा एकता दिवस मनाएकाे खुशी थपिएकाे छ भन्नु भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानले सकृय साहित्यिक कृयाकलाप गरेकाे पाईरहेकाे छु ज्यादै खुशी लागेकाे छ ।तपाईहरुकाे सकृयता विशेष गरि जनार्दन धड्कन जी काे साहित्य प्रतिकाे माेह र सेवा नै उच्च देखिएकाे छ भन्नु हुँदै अा्नाे रचना सुनाउनु भयाे ।
विष्ठ अतिथि कलानिधि दाहालले
१३६अाैं श्रीङ्खला असाध्य राम्राे रुपमा एकताकाे सन्देश बाेकेका कविता,खाेरिया,उदक,सुसेली नया विधाहरु पनि पृथ्वी विशष रुपमा सुन्न पाईयाे भन्नु भयाे ।विशिष्ठ अतिथि गंगा लिगल,मणीराज सिंहले चन्द्रागिरिकाे हरेक हप्ताकाे कार्यक्रमले धेरै नया स्रष्टा धेरैले अबसर पाएर लेखनीमा खारिदै जाने स्थिति बनेकाे प्रष्ट छ । यसले विश्वभरका स्रष्टालाई एउटै छाता मुनी जाेडेर रचनात्मक अादानप्रदान गराईरहेकाे छ भन्नु भयाे ।

चुडा निर्भिककाे कुशल उद्घघाेषणमा भएकाे काव्य गाेष्ठीमा लक्ष्मी प्रसाद मिश्र ज्यूबाट खाेरिया र सुसेली मार्फत स्वागत गर्नु भएकाे थियाे अन्य उपस्थित अामन्त्रीत अतिथि साहित्यकारहरु क्रमस खगेन्द्र बस्याल,अार्त अकुलिन,पूर्ण परसाद पन्त,उत्तम भेटवाल,अनुराधा थापा,भवानी घिमिरे,हरिप्रसाद घिमिरे,चन्द्रावती अधिकारी,शारदा अाचार्य,उर्मिला पन्त,चन्द्रा न्याैपाने,घनश्याम पाैडेल,शाेभा कडरिया,रणु घिमिरे,शुरेश घिमिरे,संगिता ठाकुर,लगायत २६ जना सर्जकहरुले अा-अाफ्ना रचना कविता,खाेरिया,अादि रचनाबाट पृथ्वी जयन्ति भव्य बनाउनु भयाे ।।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे रुपमा खाेरिया लेखनकाे सैद्धान्तिक अवधारणा ४ पङ्तिकाे संम्रचनामा ३ पङ्ति ८/८,८ अक्षर र चाैथाे पङ्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूर्ण खाेरिया बन्ने प्रष्ट पार्नु हुँदै खाेरिया विश्वभर छरिएर रहनु भएका स्रष्टाहरूले नेपाली साहित्यकार विश्व सञ्जाल मार्फत पनि हरेक हप्ता बुधबार खाेरिया लेखन अभ्यास गरिरहनु भएकाे छ भन्नु हुँदै यहाहरु नियमित समय दिएर जाेडिनु भएकाेले नै अायाेजकले खुशी ग्रहण गर्न पाएका हाैं भन्नु हुँदै प्रमुख अतिथि,विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि अामन्त्रीत साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गर्नु भई अाफ्नाे पृथ्वी वशेष खाेरिया,छन्द कविता सुनाउनु भए पश्चात कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...