Friday 25th July 2025

पञ्चाङ्ग साहित्य समाज नेपालको चित्रमा पञ्चाङ्ग, भाग – ४६


चित्रमा पञ्चाङ्ग
===========
भाग: ४६
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०७९/०९/२१
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलक
———————–
सविता के.सी.
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको छयालीसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

वारि डाँडा पारि डाँडा पुल नहुने
चट्टानका पहाडमा फूल नहुने
देखियो अचम्मको जीवनशैली नि
उराठ छ मन चुलबुल नहुने
विकास गर्छु भन्नेको हुल नहुने ।

सविता के.सी., काठमाडौँ

पञ्चाङ्ग २

धराका रुप अनेक
पानीका कुप अनेक
कतै गर्मि कतै जाडो
तराइ धुप अनेक
उव्जनि खुप अनेक
म प्र धि

पञ्चाङ्ग ३

पहाडको ढिक्का बनी हिमाली भेषमा बसेको हुन्छु
चिसोमा पनि खुली सर्वत्र मानिसमा पसेको हुन्छु
पर्यटनका गन्तव्यसम्म पुग्नमा भएको सफल
रूप अनेक बुट्टा लिएर भरसक घसेको हुन्छु
हिउँ पूर्णरूपमा शरीर ढाक्छ धरा कसेको हुन्छु ।

जमुना आचार्य, सिन्धुपाल्चोक

पञ्चाङ्ग ४

आहा प्रकृतिको सुन्दर ठाउँ हेर
सबैको मन पर्ने स्वर्ग नाउँ हेर
पानी बग्दछिन् स्वच्छ कलकल गर्दै
प्यास मेटाउँछिन सारा गाउँ हेर
यही वनमा अब माया लाऊँ हेर ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

पञ्चाङ्ग ५

प्रकृति यस्तो रमाईलो कस्तो सुन्दर पहाड
हेरेर बस्छु डाँडा छ यस्तो सुन्दर पहाड
नेपाली धन हरियो बन नमासौँ कसैले
विश्वमा यस्तो छैन नि जस्तो सुन्दर पहाड
छैन नि यस्को महत्व सस्तो सुन्दर पहाड ॥

गुणनिधि घिमिरे USA

पञ्चाङ्ग ६

आहा कति राम्रो छ ठाम हेर
पहाडको भित्र को गाम हेर
चारै तिर हरियाली छाएको
वन भित्र अनेकौं डाम हेर
त्यो हेर्न एक चोटि जाम हेर ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ७

कतैअग्ला र होचा प्रकृतिको दान हो
ताल झरना नदी नेपालको सान हो
धर्तिको अमूल्य उपहार हो पहाड
गुराँसे पखेरा हाम्रो रास्ट्रिय गान हो
डाँडा काँडाको थुप्रो खातै खात थान हो ।

तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा

पञ्चाङ्ग ८

चारैतिर नाङ्गो पाखो देख्छु
सबैनै खरानी भाको देख्छु
डाँडो र खाल्टो उराठ लाग्दो
कतै डढेलोले खाको देख्छु
मानव बस्ती नभाको देख्छु ।

बिबस पारदर्शी ,

पञ्चाङ्ग ९

मान्छे जानेर पनि किन खन्छ पहाड
तब भूक्षयको सिकार बन्छ पहाड
हावा पानीको बज्र खटेर पृथ्वी माता
धैर्यका साथ पर्यटक गन्छ पहाड
म सहनको अडिग हुँ भन्छ पहाड ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १०

खैरे राैँ को आबादी खुइलिएको तालु रहेछ
तालुमा देवालय बुइ लिएको ठालु रहेछ
ठालु त्यो पहाडको जिउमा छ चट्टानको धाऊ
धाउबाट चियाउने कालोखैरे भालु रहेछ
भालुको शीत निन्द्रा जीवन पनि चालु रहेछ ।

टीकाराम जोशी, टीकापुर

पञ्चाङ्ग ११

प्रकृतिको बयान गर्दै धेरैले पहाड छोड्दै गए
पहाडको सस्तोमस्तोमै बेची तराईमा जोड्दै गए
विधि र प्रबिधिले कसैले नि सिधा जोड्न चाहेनन् खै
कुशल बटुवा जतिले चाहिँ अन्तै बाटो मोड्दै गए
निष्ठुरी नै बनी आफ्नै आमाको माया पनि तोड्दै गए ।

पशपती राई खोटाङ्ग।

पञ्चाङ्ग १२

हरियाली सुन्दर राम्रो पाखा प्रकृतिको
कोयलिले गाउने गर्छ भाखा प्रकृतिको
मोहनि नै लगाउने लाग्ने यो देव भूमी
झरना ताल यो कञ्चन छागा प्रकृतिको
यो नेपाल नै हो स्वर्गको आँखा प्रकृतिको ।

रतन बिष्ट
आलिताल डडेल्धुरा

पञ्चाङ्ग १३

प्रकृतिको सुन्दर यि ठाउँ हेर
परिश्रमले सिंन्चेको गाउँ हेर
प्रकृतिको विविधताले पूर्ण छ
स्वर्ग जस्तो यो सुन्दर नाउँ हेर
वनपाखामा पिरती लाउँ हेर ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग १४

अटल अचल उभिएको पहाड हाम्रो
खोल्सै खोल्साले भरिएको पहाड हाम्रो
यातायात नभएको दुर्गम भेग लाग्यो
डढेलो लागेर नसिएको पहाड हाम्रो
अदृश्य रुपले सजिएको पहाड हाम्रो ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग १५

प्राकृतिक उपहारको गहन हुँ भन्दै छ पहाड
हिउँमा किरणको टलक दिने बन्दैन छ पहाड
पर्यटनका लागि पर्यन्त स्थल यही शिखरहरु,
आँखा लोभ्याउँदै हृदय छुने ढाँचा खन्दै छ पहाड
सबै पर्यटकलाई मुस्कुराउँदै गन्दै छ पहाड ।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १६

हिमालको फेदमा बस्ने घर छ हाम्रो
प्रकृति न्यानो माया घस्ने घर छ हाम्रो
संसारको मन पर्ने डाँडा गाउँ भन्ने
असल र खराबी कस्ने घर छ हाम्रो
हिउँ पैह्रो अति नै खस्ने घर छ हाम्रो ।

अम्विका अधिकारी
झापा विर्तामोड

पञ्चाङ्ग १७

तलक टल्किने हिउँको हिमाल सकियो
हिमालको छेउछामका त ताल सकियो
गहना थियो सेतो टल्किने हिमालहरू
तर बिस्तारै बिस्तारै आजकाल सकियो
हिमाल बचाउ भन्दाभन्दै साल सकियो

हेमराज महरा क्षेत्री
रोल्पा नगरपालिका ५ रोल्पा

पञ्चाङ्ग १८

उराठ लाग्छ हेर्दा हरियाली सुकेपछि,
पहाडहरू कुनै तलमाथि लुकेपछि।
चट्टानमा फूल फुल्दा मन भुल्थ्यो
पहाडको मन मान्छे जस्तै दुखेपछि
मान्छे भित्र भावनाको भेल उठेपछि ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी

पञ्चाङ्ग १९

त्यो गगन तल सुन्दर ठाउँ हेर
हरियो डाँडा घेरिएको गाउँ हेर
सुन्दरता विशेष प्रकृति अनेक
प्रकृतिको देन चट्टान नाउँ हेर
हाम्रो प्राकृतिक स्रोतको भाउ हेर ।

शोभा आचार्य गौतम,काठमाडौँ

पञ्चाङ्ग २०

आँसुधारा पिउन सिकायो
टुक्रा मन सिउन सिकायो
सुख दुःख बुझेर जीवन
पहराले जिउन सिकायो
कर्म पाठ धिउन सिकायो ।

– आर्त अकुलीन, कैलाली


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको नम्बर एक खुद्रा विक्रेता लुलु हाइपरमार्केटले अलराई आउटलेटमा जुलाई २३ मा आफ्नो अलराई आउटलेटमा आफ्नो बहुप्रतीक्षित भारतीय आँप महोत्सवको…

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ। आगामी २५…

कुवैत सिटी, जुलाई २२ निजी क्षेत्रमा रहेका आप्रवासी कामदारहरूले देश छोड्नु अघि आफ्ना रोजगारदाताहरूबाट बहिर्गमन अनुमति लिनुपर्ने मन्त्रीस्तरीय परिपत्रमा अल-मुजैनीले…

प्रतिकृयाहरू
...