Friday 25th July 2025

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : बैसठ्ठीअौँ भाग (६२)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/०९/१९
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास : कुटाए, छुटाए, चुटाए, जुटाए, लुटाए, टुटाए, फुटाए आदि मिल्दो ।
स्थायी :- मिल्ने खालको ।
अक्षर संख्या :- ५ देखि २५ अक्षरका, पाँचै पद बराबर अक्षर सङ्ख्या भएका
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

भातृत्वको सम्बन्ध कुटनीतिले छुटाए बाबै
एकले अर्कोलाई नराम्रो गरी कुटाए बाबै
गर्नुसम्म गरेकै हो, खै देशले मुक्ति पाएको
आफ्नै कोख रित्याएर आफ्नैलाई लुटाए बाबै
कहिले कसो पालैसित टाउको फुटाए बाबै ।

सविता के.सी.काठमाडौँ ।

पञ्चाङ्ग २
आऊ सारा बन्धन टुटाएर आऊ
धेर थोर हिम्मत जुटाएर आऊ
छ तिम्रो मनमा तिक्तता यदि भने
तिक्तता अन्तै तिर छुटाएर आऊ
मुल तिमी प्रेमको फुटाएर आऊ
रतन बिष्ट
आलिताल डडेल्धुरा

पञ्चाङ्ग ३

वचन बाणले कुट्नु कुटाएर गए
सम्बन्ध मायाको खुव टुटाएर गए
के के नै गर्छु भन्ने स्वार्थी मान्छहरुले
सिसा जस्तै भाग्य मेरो फुटाएर गए
दुश्मन जति जो छन जुटाएर गए ।

-पू्र्णबहादुर श्रेष्ठ “हृदयङ्कृत”
पनौती-३,काभ्रे

पञ्चाङ्ग ४

गरिबीको दुःख देख्दा देख्दै पनि उल्टै पो कुटाएर छोडे
धनिसँग सम्बन्ध बाध्न खोजेको देखेर टुटाएर छोडे
कस्तो जिन्दगी मान्छेले हेप्नौ कारण सम्पति नहुनु मात्र
अन्जानमा गरेको गल्तीको माफी समाज जुटाएर छोडे
घर परिवार मिलेर बस्नुपर्ने अाखिरीमा फुटाएरै छोडे ।

अम्विका अधिकारी
झापा विर्तामोड

पन्चाङ्ग ५

भन्थ्यौ अजम्बरी माया लाउँछु छुटाएर गयौ
गहिरो सम्बन्ध जोड्न लागे थ्यो टुटाएर गयौ
खै कस्को नजर लाग्यो तिमिलाई थाहा भएन
अर्कै मान्छे बोलाइ कुट्न सम्म कुटाएर गयौ
भाग्य मेरो फुटेको त्यहीँ माथी फुटाएर गयौ ।

अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा

पञ्चाङ्ग ६

कति चोखो थियो माया छुटाए अर्कैले
जोरीपारी सारा ल्याई कुटाए अर्कैलै
चोरी खाने मुसो हुँदा चोट भ्यागुतोमा
दोष यौटालाई पारी फुटाए अर्कैले
देख्ने एक थरी साक्षी जुटाए अर्कैले ।
घनश्याम पौडेल, पोखरा

पञ्चाङ्ग ७

उता माया गर्ने भए यतातिर टुटाए हुन्छ
दोधारमा नपर भो मेरै माया छुटाए हुन्छ
एकैचोटि दुइटा नाउमा पाइला राख्नु हुन्न
अब एकै नाउमा दुवै पाइला जुटाए हुन्छ
तिम्रो मुटु बचाएर मेरै बरु फुटाए हुन्छ ।

पशपति राई
-खोटाङ

पञ्चाङ्ग ८

बाजेको एकता बाबाले फुटाए छन्
आर्जेको धन सबैलाई लुटाएर छन्
बिनाश गर्नुको पनि हद हुन्छ नि
आफुसँगै छोरोलाई नै कुटाए छन्
न्याय पाउन कचेहरी जुटाए छन् ।

धनमाया चौधरी कैलाली जानकी १ दुर्गौली

पञ्चाङ्ग ९

सन्तान कुटाए आफैले
पिरती छुटाए आफैले
अनेक सम्झना फूलको
सम्बन्ध फुटाए‌ आफैले
चङ्गा नै चुटाए आफैले ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग १०

तिम्रो हाम्रो प्रेम छुटाएर गयौ
नौनी जस्तो दिल टुटाएर गयौ
चिन्न सकेनौं नि तिमीले भावना
बिनसित्ति तिमी लुटाएर गयौ
आरोप लगाई कुटाएर गयौ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ११

संघर्षको पहाडलाई फुटाएर आएँ
सफल हुने हिम्मत जुटाएर आएँ
अर्काको भरमा पर्नु हुँदैन कसैले नी
बैमानी सत्रुको त्यो नाता टुटाएर आएँ
अपराधी फटाहाहरु कुटाएर आएँ ।

तारा घिमिरे स्वेच्छा
स्स्ङ्खुवासभा

पञ्चाङ्ग १२

कालो मुखेले सम्बन्ध टुटाए पनि
हाम्रो जोड, घटाएर फुटाए पनि
लगातार आत्मज्ञान संरक्षित छ,
दुधको साक्षी बिरालो जुटाए पनि
केही हुने छैन हात छुटाए पनि ।
प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १३

नेताले आफ्नै पाल्तु जुटाएका छन् यहाँ
कुर्सीको लागी गुट फुटाएका छन् यहाँ
जनताको भाग्य नै छट्पटीएको देख्छौँ
दलको लागी निर्धा कुटाएका छन् यहाँ
मन्त्रीमा टिक्न सत्य लुटाएका छन् यहाँ ।

शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

पञ्चाङ्ग १४

आफ्नो स्वार्थ भ्रमको खेल सारा जुटाएपछि
कसेर मुठ्ठी एकआपसमा उठाएपछि
ठान्नै पर्यो आफूलाई सबैभन्दा शक्तिशाली
मिलेर बसेका ती शत्रुलाई फुटाएपछि
आइहाल्दछ पद कुर्सी सबै लुटाएपछि ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग १५
समपञ्चाङ्ग
सुरैसुरमा उठाए आज
हुदाँ हुँदैमा छुटाए आज
आफ्नो दुनो सोझ्याउँदै छन् यि
नहुने पात खुटाए आज
धुर्त नचिनी चुटाए आज ।

भएका साथी फुटाए आज
त्यतिकै मन टुटाए आज
जम्मा गरेर सबैलाई नै
भए नभए जुटाए आज
चाहिए जति लुटाए आज ।

जमुना आचार्य सिन्धुपाल्चोक

पञ्चाङ्ग १६
सम्बन्ध चुटाए पनि
ममता टुटाए पनि
आत्महत्या गर्नु छैन
सन्तुष्टी फुटाए पनि
आनन्द छुटाए पनि ।
अच्युत घिमिरे-भुटान

भुजङ्गप्रयातमा पञ्चाङ्ग १७
—————————-
तिमी जाउ अाजै छुटाएर आऊ
बितण्डा बनेमा टुटाएर आऊ
छुटाऔँ कहिल्यै कुकर्मी बनेमा
भनेको नमाने कुटाएर आऊ
रहेछन् इमानी जुटाएर आऊ ।

सुरेश चन्द्र घिमिरे
लमजुङ

पन्चाङ्ग १८

प्रगतिको मार्गबाट छुटाए यहाँ
भातृत्वको सम्बन्ध नि टुटाए यहाँ
विभिन्न षड्यन्त्र र छलछाम गरी
पराईले भाइ -भाइ फुटाए यहाँ
सर्वभौम अस्तित्व नै लुटाए यहाँ ।

डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।

पञ्चाङ्ग १९

दिनरात नै पसिना मूल फुटाएँ मैले
आजसम्म दुःख गरेर के जुटाएँ मैले
पाउनु र गुमाउनुको द्वन्द्व चल्दाचल्दै
सारा जवानी यो बोर्डिङमै लुटाएँ मैले
गर्नु पर्ने सबै कुरा त झन् छुटाएँ मैले ।

श्रीकृष्ण शर्मा पोखरा


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको नम्बर एक खुद्रा विक्रेता लुलु हाइपरमार्केटले अलराई आउटलेटमा जुलाई २३ मा आफ्नो अलराई आउटलेटमा आफ्नो बहुप्रतीक्षित भारतीय आँप महोत्सवको…

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ। आगामी २५…

कुवैत सिटी, जुलाई २२ निजी क्षेत्रमा रहेका आप्रवासी कामदारहरूले देश छोड्नु अघि आफ्ना रोजगारदाताहरूबाट बहिर्गमन अनुमति लिनुपर्ने मन्त्रीस्तरीय परिपत्रमा अल-मुजैनीले…

प्रतिकृयाहरू
...