Friday 25th July 2025

श्री सत्य साई केन्द्र नैकापकाे आयाेजनामा एक हप्ते उद्घाेषण, नेतृत्व विकास र प्रस्तुतिकरण तालिम सम्पन्न


श्री सत्य साई केन्द्र नैकापकाे आयाेजनामा निशुल्क संचालन गरिएकाे एक हप्ते उद्घाेषण,नेतृत्व विकाश र प्रस्तुतिकरण तालिम एक समाराेह बिच यहि मिति २०७९ साल पुष २१ गते सम्पन्न भएकाे छ ।

केन्द्रकी अध्यक्ष शर्मिला भट्टराईकाे सभापतित्व एबं सस्थापक अध्यक्ष बैकुण्ठ बहादुर अधिकारीकाे प्रमुख आतिथ्यमा भएकाे समापन समाराेहमा सहभागीलाई प्रमाण पत्र प्रदान गर्दै काेराेनाले गर्दा भाैतिक उपस्थितिमा कमी आएकाे समय पछिकाे याे तालिमले कृयाशिलता बढाएकाे छ । तालिम लिनुहुने सबैमा बधाई दिनु हुँदै भग्वान साई बाबाकाे आशिर्वाद पाएर याे कार्यक्रम ज्यादै फलदाई भएकाे महसुस गरेकाे छु भन्नु हुँदै be good. see good. do good लाई प्रेमले सेवा गर्दै जानु पर्नेमा जाेड दिनु भयाे ।
विशेष अतिथि पशुपति प्रसाद पाैडेलले बाबाकाे सन्देश प्रेम गर,माया गर सबै तिर फैलाउ भन्ने मार्ग दर्शन हामी सबैले जीवन र जगत बुझेर लाग्नु पर्ने बताउनु भयाे । विशेष अतिथि एबं तालिमका प्रमुख प्रशिक्षक जनार्दन अधिकारी धड्कनले उद्घाेषण शव्द, कला र प्रविधिकाे संयाेजन हाे सिकेका कुराहरुलाई व्यवहारमा उतार्न नसके बाैद्धिक स्थितिमा खिया लाग्दै जान्छ अायाेजक सस्थाकाे कारण प्राप्त याे तालिम केवल प्रमाणपत्र फ्रेममा सजाएर मात्र खुशी हुने हाेईन कार्यक्रम चलाउँदै उपलव्धिबाट खुशी ग्रहण गर्न सक्नु पर्छ भन्नु भयाे ।उद्घाेषक र बक्ताकाे भूमिका फरक छ उद्घाेषक बक्ता बन्न सक्छ तर बक्ता उद्घाेषक बन्न सक्दैन भन्नु हुँदै अा-अाफ्नाे क्षेत्रबाट कृयाशिल भई कार्यान्वयन गर्न सुझाउँदै तालिम पूरा गर्ने सम्पूर्णमा बधाई ज्ञापन गर्नु भयाे ।

कार्यक्रममा तुलसीराम डुम्रे,गायत्री घिमिरे,बिन्दा फुयाल,सुधा कार्की,चन्द्रकला पाैडेलले तालिमबाट प्राप्त अनुभव व्यक्त गर्नु भएकाे थियाे । तालिममा अम्बिका कार्की,तुलसीराम डुम्रे,अप्सरा तिवारी,विन्दा फुयाल,बिनु पन्त,चन्द्रकला पाैडेल,गायत्री घिमिरे,हेमकला तिमल्सिना,झविकला खरेल,ज्याेति गुरुङ,कमला खड्का,लाेकनाथ डुम्रे,मनिस थापा मगर,मन्जु थापा,मिना बस्नेत,मिना तिवारी,निर्मला बास्काेटा,प्रतिक्षा भुषाल,रिता नेपाल,सावित्रा भट्टराई,समृद्धि न्याैपाने,शारदा अाचार्य,शारदा पाेखरेल,सरिता मानन्धर,शर्मिला भट्टराई,सीता घिमिरे,सुधा कार्की,सुजिना महर्जन र सुनिता पाैडेल २९ जनालाई तालिमकाे प्रमाण पत्र प्रदान गरिएकाे उक्त कार्यक्रम सुजिना महर्जन र प्रतिक्षा भुषालले संचालन गर्नु भएकाे थियाे ।

मूना खरेल(झविकला)तालिम संयाेजक रहनु भएकाे उक्त कार्यक्रम साई केन्द्र नैकाप पदाधिकारीहरुकाे विशेष साैजन्य रहेकाे थियाे । केन्द्रका पूर्व अध्यक्ष हिरा मानन्धर,बर्तमान उपाध्यक्ष रिता नेपाल,बिन्दा फुयाल,काेषाध्यक्ष गाैरि शंकर श्रेष्ठ,शिक्षा संयाेजक मनिस थापा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

अाैपचारिक कार्यक्रमकाे अन्तमा सभापति शर्मिला भट्टराई ज्यूबाट प्रमुख अतिथि,विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भई कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको नम्बर एक खुद्रा विक्रेता लुलु हाइपरमार्केटले अलराई आउटलेटमा जुलाई २३ मा आफ्नो अलराई आउटलेटमा आफ्नो बहुप्रतीक्षित भारतीय आँप महोत्सवको…

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ। आगामी २५…

कुवैत सिटी, जुलाई २२ निजी क्षेत्रमा रहेका आप्रवासी कामदारहरूले देश छोड्नु अघि आफ्ना रोजगारदाताहरूबाट बहिर्गमन अनुमति लिनुपर्ने मन्त्रीस्तरीय परिपत्रमा अल-मुजैनीले…

प्रतिकृयाहरू
...