Tuesday 20th January 2026

गीति कविताः सुन्दर लालीगुराँस फुलहरुको बिचमा… -गोविन्द राज ओझा (राजन)


सुन्दर लालिगुराँस फुलहरुको बिचमा बसेकी छौ
ठुलो स्वरमा मन छुने गित गाएकी छौ

तिमीले माया दिए मेरो मन खुशी रहन्छ
तिमी सँगको मिलनले संसार भुलेर बाचिन्छ
मेरो मनभरिको मायाले तिमी खुसी हुन्छौ
सुन्दर लालिगुराँस फुलहरुको बिचमा बसेकी छौ

मलाई यो ठाउँमा ल्याउछन केहि मान्दिन
तिम्रो आँखामा हेरि रहन्छु तिमीलाई बिर्सिदैन
मेरो माया मेरो संसार तिमी नै हौ
सुन्दर लालिगुराँस फुलहरुको बिचमा बसेकी छौ

-गोविन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...