Saturday 27th April 2024

चीनमा कोभिड-१९ बाट ४० प्रतिशत मानिस संक्रमित


एजेन्सी – चीनमा कोभिड–१९ बाट चिनियाँ जनसंख्याको ४० प्रतिशत संक्रमित भएको एसिया टाइम्सले चिकित्सा विज्ञहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

चिनियाँ महामारीविद् जेङ गुआङले अधिकांश चिनियाँ सहरहरूले आफ्ना ५० प्रतिशत मानिसमा पोजेटिभ परीक्षण गरेको जानकारी दिएकाले देशमा औसतमा ४० प्रतिशत जनसंख्यामा संक्रमण भएको हुनसक्ने अनुमान गर्नु उचित भएको हङकङस्थित अंग्रेजी समाचार आउटलेटले जनाएको छ ।

चिनियाँ महामारी विशेषज्ञ र चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगको कोभिड प्रतिक्रिया विशेषज्ञ टोलीका पूर्व प्रमुख लियांग वान्नियनका अनुसार हालको महामारीको मृत्यु दर गणना गर्न धेरै गाह्रो छ । चिनियाँ महामारी विशेषज्ञले यो महामारी समाप्त भएपछि मात्र सही तथ्यांक उपलब्ध हुने बताएका छन्।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...