Wednesday 23rd July 2025

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : साठ्ठीअौँ भाग (६१)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/०९/१३
…………………………………
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================

अनुप्रास : आफूखुशी

स्थायी :- रहेछ

अक्षर संख्या :- ५ देखि २५ अक्षरका, पाँचै पद बराबर अक्षर सङ्ख्या भएका

=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

प्रकृतिको उपहार पनि कमी रहेछ
पुगेर पनि धेरै चाहना जमी रहेछ
जति भएपनि अझै बढ्छन् चाहनाहरू
हाम्रो चोसे समाज भ्रमको गमी रहेछ
अब त लाग्छ यो संसार नै डमी रहेछ।

✍️ अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग २

एक अनौठो साल रहेछ
हरेक ठाउँ जाल रहेछ
पीडामा छ यो आर्त जीवन
नसोध कस्तो हाल रहेछ
शीतलहर काल रहेछ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ३

माया भन्नु एक बन्धन रहेछ
धेरै थोरै गर्नु नि मन रहेछ
माया बिना चल्दैन पनि संसार
आफ्नै मुटुको धड्कन रहेछ
कहिलेत बाधा अड्चन रहेछ ।

तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा

पञ्चाङ्ग ४

मोटर बाटा बनेछन् ठूला शहरतिर त
दिएनन् चासो कसैले मेरो रहरतिर त
जिएकै छु म सुखले अझै विचनर जिउने
जिउनै गाह्रो अर्लदो खोली लहरतिर त
बिर्सेर पनि म जाने छैन कहरतिर त ।

दुनियाॅ यो झूटो रहेछ
गिरीग्यान्टे बूटो रहेछ
बोक्रा जति अरूले खाए
अब बाॅकी ढूटो रहेछ
मात्र यौटा ठूटो रहेछ ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ५

अर्कै तिर तन अनि मन छुन रहेछ
सर्प बल्झाउने बाँसुरीको धुन रहेछ
व्यबहार कस्तो रहेछ भनी नियालेको
चुरीफुरी अति थियो टाढा हुन रहेछ
टाउको समाइ डाँको छोडी रुन रहेछ ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ६

जीवन भन्नु घाम पानी रहेछ
दुःख अनि सुखको खानी रहेछ
यहाँ राम्रो नराम्रो हुँदैन केही
यस्तोउस्तो भन्ने त बानी रहेछ
मान्छेले बोल्ने जानीजानी रहेछ ।

श्रीकृष्ण शर्मा

पञ्चाङ्ग ७

बिछट्टै कसैलाई पनि विश्वास गर्नु हुन्न रहेछ
पीडा पर्नेलाई हुन्छ भित्र डाहा त्यसै रुन्न रहेछ
आपसको खेल छैन सजिलो नमिले त तालमेल
श्रमको मुल्य नहुँदो धोबी पनि लुगा धुन्न रहेछ
मनको घाउ निको कसरी अरुलाई छुन्न रहेछ ।

जमुना आचार्य , सिन्धुपाल्चोक

पञ्चाङ्ग ८

जिन्दगी अनौठो खेल रहेछ
हाँसो र खुसीको मेल रहेछ
कुमालेको चक्र जसरी घुम्ने
खान पो नमिल्ने सेल रहेछ
वास्तवमा जालझेल रहेछ ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ९

हाम्रो जीवन एउटा मेला रहेछ
हास खेल गर्ने पनि बेला रहेछ
कहिले के कहिले के भै रहँदा
जिन्दगी चल्न नजाने झेला रहेछ
अन्तिम्मा खरानीको ढेला रहेछ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १०

जीवन आखिर सत्यकै खोजीमा रहेछ
घुमेर हिड्छ बाटो आफ्नै सोजीमा रहेछ
सत्य सत्य भन्दै भन्दै रुमलिन्छ भ्रममा
सत्य चाहिँ आखिर आफ्नै गोजीमा रहेछ
मान्छे भने सधैं भ्रमकै रोजीमा रहेछ ।

पशपती राई खोटाङ ।

पञ्चाङ्ग ११

जिन्दगी भन्नू पनि भ्रमराले चुस्ने फूल रहेछ
विश्वास भन्नु नगर्नु पर्ने एउटा भुल रहेछ
जति खेलाए पनि मनका व्यथा घटेर नजाने
घातमा आँखा रसाउँछ, मन फुट्ने मूल रहेछ
पुर्खाका संस्कार सन्तानलाई बाँड्ने पुल रहेछ ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग १२

राजनीति सत्ताको खेल रहेछ
आफ्नाको लागि गर्ने मेल रहेछ
विकासको त के कुरा गर्नु यहाँ
पक्की नाममा कालो तेल रहेछ
हिड्न नजाने पछि नेल रहेछ ।

धनमाया चौधरी कैलाली


सम्बन्धित शीर्षकहरु

पाकिस्तानमा नवविवाहित जोडीको त्रासदीपूर्ण हत्या गर्ने ११ जना संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ क्यूएट्टा, पाकिस्तान, जुलाई २१, (एपी): दक्षिणपश्चिम पाकिस्तानको…

"यदि तपाईं शान्ति चाहनुहुन्छ भने, तपाईं युद्धको लागि तयार हुनुपर्छ।" यो भनाइ सत्य हो, कम्तिमा युरोपेली देश स्विट्जरल्याण्डको सन्दर्भमा। स्विस…

केही झिल्का कविताहरू १. लेखौँ झिल्का कविता भावलहर बगेर जावस् बनोस् दिव्य सरिता । २. भावगङ्गामा नुहाउन जाऊँ मनका फोहर…

प्रतिकृयाहरू
...