Saturday 4th April 2026

कविताः मेरी मायालु तिम्रो आगमन…. -गोविन्द राज ओझा (राजन)


मेरी मायालु तिम्रो आगमन हुन्छ
मेरो काखमा बस्छौ तिमी मन शान्त हुन्छ
केहि शब्द बोल तिमी ध्यान दिएर सुन्नेछु
तिमीलाई नै हो मेरो भनेर दिलबाट भरोसा गर्नेछु ।।१।।

खुसी भएर बाच्नुपर्दछ दुनियाको सामुमा
के कुरा सोच्यौ तिमीले आफ्नो मनमा
सधै साथ दिन्छौ भन्ने आशा गर्छु
तिमीलाई नै हो मेरो भनेर दिलबाट भरोसा गर्नेछु ।।२।।

तिम्रो मायाले धर्ति ढाक्छ यो बेला
के सोचेकी छौ पबित्र तिम्रो मनमा
मायाले नै हो यो मनलाई भुलाउने छु
तिमीलाई नै हो मेरो भनेर दिलबाट भरोसा गर्नेछु ।।३।।

यो दुनियामा माया गर्ने धेरै होलान
तिमी नै हौ दु:ख पर्दा साथ दिने
समय आयो तिमीलाई मेरो बनाउनेछु
तिमीलाई नै हो मेरो भनेर दिलबाट भरोसा गर्नेछु ।।४।।

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...