Tuesday 20th January 2026

कविताः मेरी मायालु तिम्रो आगमन…. -गोविन्द राज ओझा (राजन)


मेरी मायालु तिम्रो आगमन हुन्छ
मेरो काखमा बस्छौ तिमी मन शान्त हुन्छ
केहि शब्द बोल तिमी ध्यान दिएर सुन्नेछु
तिमीलाई नै हो मेरो भनेर दिलबाट भरोसा गर्नेछु ।।१।।

खुसी भएर बाच्नुपर्दछ दुनियाको सामुमा
के कुरा सोच्यौ तिमीले आफ्नो मनमा
सधै साथ दिन्छौ भन्ने आशा गर्छु
तिमीलाई नै हो मेरो भनेर दिलबाट भरोसा गर्नेछु ।।२।।

तिम्रो मायाले धर्ति ढाक्छ यो बेला
के सोचेकी छौ पबित्र तिम्रो मनमा
मायाले नै हो यो मनलाई भुलाउने छु
तिमीलाई नै हो मेरो भनेर दिलबाट भरोसा गर्नेछु ।।३।।

यो दुनियामा माया गर्ने धेरै होलान
तिमी नै हौ दु:ख पर्दा साथ दिने
समय आयो तिमीलाई मेरो बनाउनेछु
तिमीलाई नै हो मेरो भनेर दिलबाट भरोसा गर्नेछु ।।४।।

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...