Saturday 10th October 2026

कविताः नयाँ वर्ष -नारायण कोइराला


#नयाँवर्ष
बोतलको विर्को खोल्दै
मनाइने नयाँवर्ष
पुरानो वर्ष भुलाइने नयाँवर्ष
नयाँ योजना बनाइने नयाँवर्ष
रातभरी नसामा चुर्लुम्म डुबेर
पुरानो वर्ष भुलाउने नयाँवर्ष
डिजेमा रातभर रमाउने नयाँवर्ष
धान्नै नसकिने गरी ब्राण्डी पिएर
ठसठस् गनाउने नयाँवर्ष
छोइला र सुकुटीसंग
परिवारको सुख बेच्ने नयाँवर्ष
कलिला युवायुवतीहरुलाई
नसामा डुबाउने नयाँवर्ष
घरको जोहो रित्याउने नयाँवर्ष
घरमा झगडा निम्त्याउने नयाँवर्ष
गनाएर घर आउँदा बुढीसंग
झगडा पर्ने नयाँवर्ष
ऋणमाथि ऋण थप्ने नयाँवर्ष
अझै भन्नु नै पर्दा
नेपाली नयाँवर्ष होइन
अग्रेजी क्यालेण्डरको नयाँवर्ष
कस्तो अचम्म यसैमा
नेपालीलाई किन?
यत्रो हर्ष!!

नारायण कोइराला
– तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...