Saturday 4th April 2026

गीति कविताः सधै साथमा रहने भनेर गयौ…


सधै साथमा रहने भनेर छोडी गयौ किन ?
सँगै जाउँ भनेर बिच बाटोमा छोड्यौ किन ?

जिन्दगी भरि साथ दिन्छु भनेर भन्थ्यौ
तिमी साथमा भएन भने म कहाँ बाच्छु भन्थ्यौ
मलाई दु:खी बनाएर गयौ तिमी किन
सँगै जाउँ भनेर बिच बाटोमा छोड्यौ किन ??

तिमीलाई दु:ख्दा मेरो मन दुख्छ भन्थ्यौ
तिम्रो लागि जे पनि गर्न सक्छु भन्थ्यौ
दिलमा मायाको आभास गरि गयौ किन
सँगै जाउँ भनेर बिच बाटोमा छोड्यौ किन ???

गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...