Tuesday 27th October 2026

कुवेतमा हिमपात,र वर्षा संगै चिसो बढ्यो


तितोपाटी- कुवेतमा हिजो बिहान देखी परेको भारी वर्षासँगै, अधिकांश क्षेत्रहरूमा हिमपात भएको छ।

कुवेतका विभिन्न क्षेत्रमा असिनासहितको पानी परेकोले कुवेतका विभिन्न क्षेत्रका केही कुवेती तथा आप्रवासीहरूले उक्त असिनापानी संगरमाई रहेको देख्न सकिन्छ।  केही भागमा भारी वर्षा संगै, देशको दक्षिणी भागमा असिना र हिमपातको वर्षा भएको छ। कुवेतकोतापक्रम पछिल्ला केही दिन यता निकै घटेको छ र आधिकारिक पूर्वानुमानका अनुसार कुवेतमा शून्य तापक्रममा झर्न सक्ने बताइएकोछ।

गृहमन्त्रालयले मंगलबार देशैभरको मौसम बदलीका बीचमा सवारी चालक र समुन्द्री यात्रुलाई सतर्क रहन आग्रह गरेको छ । एक प्रेसविज्ञप्तिमा, मन्त्रालयले चालकहरूलाई वैकल्पिक मार्गहरू प्रयोग गर्न र दलदल भएका सडकहरूको बेवास्ता नगर्न सुरक्षा अधिकारीहरूको निर्देशन पालना गर्न आग्रह गरेको छ, सवारी चालकहरूलाई अगाडिका सवारीहरूबाट सुरक्षित दूरी कायम गर्न समेत आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

इजरायलमा मंगलबार सम्पन्न हुन थालेको संसदीय चुनावलाई देशको हालैको इतिहासकै सबैभन्दा महत्वपूर्ण चुनावमध्ये एक मानिएको छ। यो चुनावले प्रधानमन्त्री बेन्जामिन…

प्रतिकृयाहरू
...