Friday 11th September 2026

कुवेतमा हिमपात,र वर्षा संगै चिसो बढ्यो


तितोपाटी- कुवेतमा हिजो बिहान देखी परेको भारी वर्षासँगै, अधिकांश क्षेत्रहरूमा हिमपात भएको छ।

कुवेतका विभिन्न क्षेत्रमा असिनासहितको पानी परेकोले कुवेतका विभिन्न क्षेत्रका केही कुवेती तथा आप्रवासीहरूले उक्त असिनापानी संगरमाई रहेको देख्न सकिन्छ।  केही भागमा भारी वर्षा संगै, देशको दक्षिणी भागमा असिना हिमपातको वर्षा भएको छ। कुवेतकोतापक्रम पछिल्ला केही दिन यता निकै घटेको आधिकारिक पूर्वानुमानका अनुसार कुवेतमा शून्य तापक्रममा झर्न सक्ने बताइएकोछ।

गृहमन्त्रालयले मंगलबार देशैभरको मौसम बदलीका बीचमा सवारी चालक समुन्द्री यात्रुलाई सतर्क रहन आग्रह गरेको एक प्रेसविज्ञप्तिमा, मन्त्रालयले चालकहरूलाई वैकल्पिक मार्गहरू प्रयोग गर्न दलदल भएका सडकहरूको बेवास्ता नगर्न सुरक्षा अधिकारीहरूको निर्देशन पालना गर्न आग्रह गरेको , सवारी चालकहरूलाई अगाडिका सवारीहरूबाट सुरक्षित दूरी कायम गर्न समेत आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष…

भोटेकोसी बाढीमा बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्म ‘स्वीप अपरेसन’ सुरु गरेको छ।…

प्रतिकृयाहरू
...