Friday 11th September 2026

कुवेतमा चिसो बढ्यो,जनवरीको दोस्रो हप्तासम्ममा तापक्रम शून्यभन्दा तल झर्ने


तितोपाटी- कुवेतमा आगामी जनवरीको दोश्रो हप्तासम्ममा तापक्रम शून्यभन्दा तल झर्ने बताउदै सचेत रहन सरकारले अनुरोध गरेको छ।

केही दिन यता कुवेतमा चिसो बढेको केही दिन अझै चिसो रहने मौसमविद्को भनाई रहेको

विज्ञान तथा मौसम विभागका लागि अरब संघका सदस्य बदर अलअमिराले उत्तरपश्चिमी हावाको आगमनसँगै जनवरीको दोस्रोहप्तादेखी तापक्रम शून्यभन्दा तल झर्ने जानकारी गराएकी छिन। अहिले कुवेतको तापक्रम  १२ देखि १४ डिग्री सेल्सियससम्म रहेको छ।

अमीराले चिसोसँग बच्नको लागी तातो लुगा लगाउन सुझाव दिदै, बन्द कोठा भित्र आगो हिटरले निसास्साउन सक्ने बताउदै उक्तकार्य नगर्न अनुरोध गरेकी हुन।

उनले थपिन्, “चिसो फ्लूको आक्रमणबाट बच्न बालबालिकालाई रातको समयमा घरबाहिर खेल्न नदिनु उचित हुने साथै वृद्धवृद्धालाईनुहाएर चिसो हावाको सम्पर्कमा नआउन पनि सुझाव दिएकी छिन।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...