Monday 26th October 2026

कुवेतमा चिसो बढ्यो,जनवरीको दोस्रो हप्तासम्ममा तापक्रम शून्यभन्दा तल झर्ने


तितोपाटी- कुवेतमा आगामी जनवरीको दोश्रो हप्तासम्ममा तापक्रम शून्यभन्दा तल झर्ने बताउदै सचेत रहन सरकारले अनुरोध गरेको छ।

केही दिन यता कुवेतमा चिसो बढेको र केही दिन अझै चिसो रहने मौसमविद्को भनाई रहेको छ ।

विज्ञान तथा मौसम विभागका लागि अरब संघका सदस्य बदर अल–अमिराले उत्तरपश्चिमी हावाको आगमनसँगै जनवरीको दोस्रोहप्तादेखी तापक्रम शून्यभन्दा तल झर्ने जानकारी गराएकी छिन। अहिले कुवेतको तापक्रम  १२ देखि १४ डिग्री सेल्सियससम्म रहेको छ।

अमीराले चिसोसँग बच्नको लागी तातो लुगा लगाउन र सुझाव दिदै, बन्द कोठा भित्र आगो र हिटरले निसास्साउन सक्ने बताउदै उक्तकार्य नगर्न अनुरोध गरेकी हुन।

उनले थपिन्, “चिसो र फ्लूको आक्रमणबाट बच्न बालबालिकालाई रातको समयमा घरबाहिर खेल्न नदिनु उचित हुने साथै वृद्धवृद्धालाईनुहाएर चिसो हावाको सम्पर्कमा नआउन पनि सुझाव दिएकी छिन।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

प्रतिकृयाहरू
...