Tuesday 29th September 2026

NRNA-NCC कुवेतद्वारा आयोजित फुटबलको उपाधी पुर्वेली टाईगरलाई


NRNA-NCC कुवेतद्वारा आयोजित फुटबलको उपाधी पुर्वेली टाईगरले हात पारेको छ कुवेतको फाहाहिलस्थित फुटबल मैदानमा हिजो २३ डिसेम्बर २०२२ का दिन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको खेलमा समयाभाबले गर्दा फाइनल खेल पेलान्टी सुटको अाधारमा तय गरिएको थियो । पेलान्टी सुटमा ईलेभेन स्टारलाइ पराजित गर्दै पुर्वेली टाईगर उपाधी हात पारेको हो ।

शिरमा राखेर देश खेलकुदबाट सन्देश” भन्ने मुल नाराका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) कुवेतको आयोजनामा अल मुल्ला एक्स्चेन्ज (Al Mulla Exchange) को मुख्य प्रायोजन, इमिस्क्यायर कन्सल्टेन्ट (Immisquare Consultant) र मनकामना एयर कार्गो कम्पनीको सह-प्रायोजन गरिएको थियो ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद २०१ केडी, कप, प्रमाणपत्र र मेडल; दोश्रो पुरस्कार नगद १०१ केडी, कप, प्रमाणपत्र र मेडल साथै उत्कृष्ट टिम,उत्कृष्ट खेलाडीहरु र उत्कृष्ट गोलकिपरलाइ पनि पुरस्कृत सहित मेडल र प्रमाण पत्रले सम्मान गरेको थियो ।

मोस्ट भ्यालुएबल प्लेयर अफ द टुर्नामेन्ट – सरोज कार्की (पुर्वेली. टाइगर एफसी)
हाई स्कोरर- निरज खतिवडा (एफसी फरवानिया)
उत्कृष्ट डिफेन्डर – शिवकुमार लिङ्देन (इलेभेन स्टार एफसी)
बेस्ट मिड-फिल्डर- राजीव राय (पुर्वेली.टाइगर एफसी)
उत्कृष्ट फरवार्ड – कालिका गुराउ (इलेभेन स्टार एफसी)
बेस्ट गोल केपर – अविजित आले मगर (पुर्वेली.टाइगर एफसी)

खेललाई आकर्षित बनाउन ३५ उमेर काटेका पुराना तथा अनुभवी खेलाडीहरुको २ टिम बनाई खेलाईएको थियो जसमा टिम क्याप्टेनहरु एक टिममा रण ध्वज लामा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष र अर्को टिममा नेपाली राजदुतावास कुवेतको टिम रहेका थिए । नेपाल एम्बेस्सी 2 NRNA Kuwait 1

बिजेता, उपविजेतासहितका खेलाडीलाई नेपाली राजदुतावास कुवेतका महामहिम राजदूत श्री दुर्गा प्रसाद भन्डारीको हातबाट पुरस्कार प्रदान गरिएको हो । खेलमा १० सशक्त नेपाली टिमहरुले सहभागीता जनाएका थिए ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...