“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/०९/०५
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास :
१. मासेर, भागेर, ताकेर, साँधेर, नाघेर, आदि मिल्दो ।
२. भाकेर, ताकेर, जाकेर, डाकेर, थाकेर, हाँकेर आदि मिल्दो ।
स्थायी :- मिल्ने खालको ।
अक्षर संख्या :- ५ देखि २५ अक्षरका, पाँचै पद बराबर अक्षर सङ्ख्या भएका
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
सम्बन्धलाई शब्दसित साँधेर गएको छ
लुकेर तिर हाँन्छ, साख भागेर गएको छ
मरीलाने केही हैन मूख छ अबुझ अझै
अनिकालको बीउ सबै मासेर गएको छ
नाम भन्दा जात छ ठुलो, ताकेर गएको छ ।
१
अन्धाधुन्ध बाटो थियो उतैतिर डाकेर गयौ
पहिलिएपछि बाटो, व्यहोरा ताकेर गयौ
मूर्ख त मै हूँ, तिमीलाई विश्वास गरेँ, अचम्म
अन्यौलमा पारेर अशुभलाई भाकेर गयौ
पछाडिबाट लात हान्यौ खाँदमा जाकेर गयौ ।
२
सविता के.सी., काठमाडौँ ।
पञ्चाङ्ग २
मन्दिरमा देव भाकेर गएछ
सुनको गजुर ताकेर गएछ
भनाइ एउटा गराइ छ अर्को
गाउँमा मसान डाकेर गएछ
सत्यलाई देखि थाकेर गएछ ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ३
अलिअलि सम्पति थियो भुकम्पले मासेर गयो भन्छन्
भक्तिएको घरमा कति बस्नु एक्लै भागेर गयो भन्छन्
अरुको आँखा नलागोस् मेरो जीवनमा फर्केर आउँछु
बाझो खेत र घर नबिग्रियोस् भनी साँधेर गयो भन्छन्
समाजको नियम पुरा नगरि सिमा नाघेर गयो भन्छन् ।।
१
कर्ममा खोट लागेपछि भगवान भाकेर केगर्नु
धन नभएको बेला ठुला सपना ताकेर केगर्नु
दुनियाँको नजरमा पागल भएको नाटक गर्छौ
सोच्दा सोच्दै नि नलागेको उपायमा थाकेर के गर्नु
अौषधीले निको हुने घाउमा धामी डाकेर के गर्नु ।
२
अम्विका अधिकारी
झापा विर्तामोड
पन्चाङ्ग ३
लाएको माया बढ्दै थियो मासेर गयौ
संहाल्छु भन्थे अर्कैलाई सारेर गयौ
खै अब बाँकी के नै पो रहयो र सानु
दुई हात समाती छाती टासेर गयौ
भुल्नै नसक्ने चोट दिदैँ हासेर गयौ ।
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा
पञ्चाङ्ग ४
समपञ्चाङ्ग
घमण्डी चाल बुझेपछि हात बाँधेर नबस भो
चलेको प्रक्रियागत नियम नाँघेर नबस भो
फाटेको मन सिएन,आलम्वले बल नि दिएन ;
हुँदै हुँदैन त्यहाँ भो सपना साँचेर नबस भो
एकल खिस्स गर्दै रुन्चे हाँसो हाँसेर नबस भो ।
************************************
जाऊ, लिऊ बुझेनौ विषयुक्त खाना पाकेर पनि
मुटुको बिचमा नै छेड्ने गरि तिर ताकेर पनि
अचम्मका गद्दु रहेछौ , कुटिल भकारी भरेछौ ;
अझ दम्भ के गर्छौ कुहेको सासमा थाकेर पनि
हराउन सकेनौ भो देवी देवता भाकेर पनि ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ५
मठ मन्दिरमा भाकेर आएको छु
भौंतारिदै खोज्दै थाकेर आएको छु
मेरो मायाको त कुनै अर्थ रहेन ,
ननिस्कने गरी जाकेर आएको छु
माग्न आऊ भनी डाकेर आएको छु।।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ६
तिमी थियौ र मैले ताकेर आएको छु
देवी देवता सबै भाकेर आएको छु
जूनि काट्ने माया लाउने वा नलाउने
तिम्रो आकाँक्षा बुझि डाकेर आएको छु
यात्रामा आजकाल थाकेर आएको छु ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
पञ्चाङ्ग ७
श्रीमान दुर श्रीमती नाठाे भागेर गए नि
फर्कन्नाैँ अब भनेर दुई हाँकेर गए नि
खाडीकाे धुप पसिना काढ्दै कमाइ गरेकाे
निखारीकन बैँककाे धन साटेर गए नि
कुल्चिँदै खाटा भुलेर नाता मासेर गए नि ।
सुरेश चन्द्र घिमिरे
पञ्चाङ्ग ८
माया गाँसेर गए, समाज हेरेको हेरै भयो
कुल भासेर गए, समाज हेरेको हेरै भयो
कलियुगको कुरा नगर्दा राम्रो हुनेभयो रे,
युग तासेर गए, समाज हेरेको हेरै भयो
दुवै हाँसेर गए, समाज हेरेको हेरै भयो ।
केशव न्यौपाने सानु
बेनपा ७, नुवाकोट
पञ्चाङ्ग ९
समपञ्चाङ्ग
धरतीका देव देवता भाकेर आएँ
आफ्नै ठानेर तिमीले डाकेर आएँ
जिन्दगी भर साथ पाउने आसामा
तिम्रो नजर निसानी ताकेर आएँ
घुम्टाेले लजालु मुहार ढाकेर आएँ ।
१
मनमा आसाको फल पाकेर आएँ
आज परिश्रमले साह्रै थाकेर आएँ
समय सधैं एकनास नहुने रहेछ
बाधा अड्चन उतैतिर जाकेर आएँ
बिकृती मास्न म नेतृत्व हाँकेर आएँ ।
२
तारा घिमिरे स्वैच्छा
सङ्खुवासभा
पञ्चाङ्ग १०
गर्दैन परिश्रम सफलता मात्रै डाकेर के गर्नु
सफलता हात पार्न ईश्वर मात्रै भाकेर के गर्नु
कौशिसकोअगाडि सफल अवश्य झुक्छ भन्छन् सत्य
पाइला चाल्नै डराउने कमजोर थाकेर के गर्नु
फेदीमै खुट्टा कमाउनेले शिखर ताकेर के गर्नु ।
पशपती राई खोटाङ ।
पञ्चाङ्ग ११
मन्दिरमा पाती राखेर आएँ
देवी र देउता भाकेर आएँ
विरामी छौ रे भन्ने सुनेँ जब,
बेहोसी तालमा भागेर आएँ
नौ डाँडा र गल्छी नाघेर आएँ ।
✍️
वसन्त अनुभव
घोराही, दाङ
पन्चाङ्ग १२
लोभ, भय, पाप, क्रोध साँधेर गयौ
अजम्बरी नाता थियो मासेर गयौ
स्वार्थको घैला मात्रै भर्दै भर्दै तिमी
आफैँसँग डराउदै भागेर गयौ
सम्बन्धको सिमा जति नाघेर गयौ ।
१
देशका खम्बा युवाहरू बस्नुहुन्न थाकेर यहाँ
विदेशका युवालाई नि स्वदेशमै डाकेर यहाँ
श्रम सीप अनि कौशलता आफ्नै देशमा लगाई
युवाले जोशले देशलाई लैजाउँ हाँकेर यहाँ
कहाँ आउँछ समृद्धि विदेश मात्रै ताकेर यहाँ ।
२
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
पञ्चाङ्ग १३
लाएको माया गाढापन नै मासेर नजानु
एक माथि अर्को चाहियो रे ! गाँसेर नजानु
एक अर्काको समर्पण त्याग तपस्या भुली
चुलीमा पुग्नेको आत्मबल भासेर नजानु
पालुवा लिँदैका हाँगाबिँगा छासेर नजानु ।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग १४
तिमी कति सजिलै गयौ माया मारेर है
आखिर ताधियौ सानु हिम्मत हारेर है
विश्वास गरे जिन्दगी चल्छ भन्थियौ सानु
हिम्मत गर्नु पर्थियो वचन तारेर है
प्रेम देखाउनु थियो चकित परेर है ।
१
सम्बन्ध जोड्नुपर्छ है तिमी र म भागेर अब
आऊ प्रियजन जिन्दगीको रथ हाकेर अब
भने जस्तो जिन्दगी कसको पो हुन्छ र यहाँ
खुसी देखाउँला सानु सबैलाई डाकेर अब
सधैं जिन्दगी चलाउला सानु न थाकेर अब ।
२
हेमराज महरा क्षेत्री
रोल्पा नगरपालिका ५ रोल्पा
पञ्चाङ्ग १५
समपञ्चाङ्ग
नचाहादै यो सम्बन्ध गाँसेर गयौ
एक्कासि किन आफैँले मासेर गयौ
मुर्ख मै हुँ अन्धमुष्टि विश्वास गर्न
झुन्डाइ मुटु निर्वस्त्र हाँसेर गयौ
फुलेको फूल आपसी नासेर गयौ ।
१
बेसरी माया देखाइ डाकेर गयौ
थाहा नपाई कम्जोरी ताकेर गयौ
विश्वास नै धोका बन्न पुग्यो जब
सोचि नसक्ने बनाइ भाकेर गयौ
हर कदममा छड्के जाकेर गयौ ।
२
✍️अच्युत घिमिरे-भुटान