Monday 21st July 2025

पञ्चाङ्ग साहित्य समाजको चित्रमा पञ्चाङ्ग, भाग – ४३


चित्रमा पञ्चाङ्ग
===========
भाग: ४३
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०७९/०८/२९

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी

चित्र सङ्कलक
———————–
सविता के.सी.

समायोजक
—————–
👉️ सविता के.सी.

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।

हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको त्रिचालीसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।

नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

चित्रमा पञ्चाङ्ग
===========

पञ्चाङ्ग १

नसाेचि गरेका काम यस्तै हाे
भजाए काममा दाम यस्तै हाे
अदूरदर्शी निर्णयले गर्दा
प्राविधिक खाए माम यस्तै हाे
असाेभनिय भाे जान यस्तै हाे ।
म प्र घि

पञ्चाङ्ग २

लथालिङ्ग चाला हेर भताभुङ्ग पारा यसमा
कसोगरी उदाउनु झिलीमिली तारा यसमा
पुरानो छोडी नयाँ तरिका पो आउनु कसरी
असराल्ल टार्न खोजेका देखिन्छ झारा यसमा
एक टङ्कारले नगरी छ काम टारा यसमा

जमुना आचार्य , सिन्धुपाल्चोक

पञ्चाङ्ग ३

कहीँ फाेनका त कहीँ बिजुलका पाेल छन्
त्यहीँ नै केबुल तार बण्डलका गाेल छन्
त्यसमा सट् भएर आगाे लाग्याे भने के हाेला
सित्तैमा पाइदैनन् तिनका पनि माेल छन्
हेर्दै जानु डुलेर यस्ता अनेक टाेल छन् ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ४

आधुनिक विकासको जालो देखिँदैछ
राता सेता रङ्ग सबै कालो देखिँदैछ
सारा भार एउटैमा थामी नसक्नु भो
भ्ष्टाचार गरेको त्यो टालो देखिँदैछ
को को थिए त्यति बेला पालो देखिँदैछ ।
घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ५

नेताको काम गराईमा यस्तै छोल हुन्छ
लथालिङ्ग घरको वरिपरि पोल हुन्छ
अज्ञानता कार्य दर्साएको छ यो चित्रमा
तारै-तार देखिए पनि बत्ती गोल हुन्छ,
टुकीको नै बिजुली भन्दा ज्यादा मोल हुन्छ ।

शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

पन्चाङ्ग ६

लोकतन्त्रमा अधिकारको लाम हुन्छ
कर्तव्य र जिम्मेवारी बदनाम हुन्छ
जसले जे गरेपनि बोल्न पाइदैन
भ्रष्टाचार जताततै खुलेयाम हुन्छ
टोलटोलमा दुइनम्बरी काम हुन्छ ।

• देवी पन्थी

पञ्चाङ्ग ७

ओहाे त्यो बत्तीको तार जेलिएकाे कस्तो बाटोमा
याेजना नै विना राखिएको पाेल सस्तो बाटोमा
यस्तै बेथितिकाे कामले,जनता दुख पाउछाैँ
अब याेजना ल्याई गर हुँदैन यस्तो बाटोमा
कति सास्ती झेल्नुहाे, नागरिकले त्यस्ताे बाटोमा ।

शाेभा आचार्य गाैतम, काठमाडौँ

पञ्चाङ्ग ८

यहाँ नेटको तारले जिस्काइ रहेछ
बेथितिको उद्गारले जिस्काइ रहेछ
रत्तिभर सही सोच हरायो कि क्या हो
लाजमर्दो विचारले जिस्काइ रहेछ
काँचो यो जिम्मेवारले जिस्काइ रहेछ ?

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ९

गर्न पाउने व्यवस्था कस्तो छ
विकास माथि निकास जस्तो छ
समस्या त समस्यै छ यहाँको
समाधान पनि अझै सस्तो छ
यो पछि संकट पाल्ने रस्तो छ ।

Singer bishal

पञ्चङ्ग १०

बेरेर बेरिनसक्नुछ अचम्म लाग्छ
फेरेर फेरिनसक्नुछ अचम्म लाग्छ
भताभुङ्ग र लथालिङ्ग छ जताततै
खेरेर खेरिनसक्नुछ अचम्म लाग्छ
हेरेर हेरिनसक्नुछ अचम्म लाग्छ ।
✍️
वसन्त अनुभव
घोराही १४,दाङ

पञ्चाङ्ग ११

आज प्राविधिको पारा हेर
हेर नेपालीले सारा हेर
पोल भारोत्तोलन हो कि त
सत भयो भने दारा हेर
राती अँध्यारोमा तारा हेर ।।

धनमाया चौधरी कैलाली
Sabita
Sabita Khatri
पञ्चाङ्ग १२

खै कस्तो कस्तो लथालिङ्ग चाला हो यहाँ
कसरी देश बिकासमा जाला हो यहाँ
जन जोगि आए पनि कानै चिरे जस्तो
कस्तो केहि कामै नलाग्ने पारा हो यहाँ
खै छोरा नातिले के गरि खाला हो यहाँ ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग १३

लथालिङ्ग पार्ने कस्तो काम भो
सरकारको नि यस्तो काम भो
अल्छि कागले गुँड लगाए झैँ
झारा टारेको जस्तो काम भो
देख्दा त अति नै सस्तो काम भो ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३ काभ्रे

पञ्चाङ्ग १४

शीत लहर बुझी नसक्नु छ
पीडा कहर बुझी नसक्नु छ
थुप्रै जालोमा बल्झियो मुलुक
कालो रहर बुझी नसक्नु छ
गाउँ सहर बुझी नसक्नु छ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग १५

खोज्छ मात्रै किन ऊ अधिकार देख्दैन
कम्ता भएको छैन भ्रष्टाचार देख्दैन
पासोको डोरि जस्तै लथालिङ्ग भएको
झुन्डिएको छ सडकमा तार देख्दैन
अन्धो बहिरो छ यो सरकार देख्दैन ।

रतन बिष्ट
आलिताल डडेल्धुरा

पञ्चाङ्ग १६

बेरेर बेरिनसक्दो गुजुल्टो तारको
घेरेर घेरिनसक्दो गुजुल्टो तारको
कुन चाहि कताको तार पत्तै नहुने
हेरेर हेरिनसक्दो गुजुल्टो तारको
फेरेर फेरिनसक्दो गुजुल्टो तारको ।

✍️ अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १७

कस्ताे रहेछ यन्त्र याे, सधैँ हुन्छ खलबल
सस्तो परेछ तन्त्र याे,गर्याे ज्यादै खलबल
जीवन अल्झियाे बेथितिकाे गुजुल्टाेमा परि
लज्जा हरेछ गणकाे , देश भयाे खलबल
खम्बा गरेछ बिसाउनी , तारकाे खलबल ।

टीकाराम जाेशी,टीकापुर

पञ्चाङ्ग १८

व्यवस्था त लोकतान्त्रिक हो तर जताततै भद्रगोल छ
देशको मुल निति राजनीति नै जहिल्यै मोलतोल छ
लोकतन्त्र भनेको मनपरि गर्ने तन्त्र पो भयो आज
के गर्नु ! गरिब नचिन्ने सिंहदरबार टोलटोल छ
मुल्य मान्यता पनि बेचिखाए मात्रै सिद्धान्तको खोल छ !

पशपती राई खोटाङ

पञ्चाङ्ग १९

कता बाट सुरु गर्नु किटान गरि साध्य छैन
एकै खानेकुरा पनि सबैका लागि पाच्य छैन
आधुनिकताको दुनियाँमा अनेक भए प्राप्ति
घात सम्झिँदा तिम्रो सामुमा त बोल्ने वाक्य छैन
समस्याको जालो भित्र खै केही सम्झी साध्य छैन ।

निर्मला सुवेदी, बागलुङ

पञ्चाङ्ग २०

देशमा विकासको लहर यस्तो भएछ
हेर्ने नजरमा कतिविधि सस्तो भएछ
व्यवस्थित विकास, शंकाको टुसा पलायो
हेर्दा लौ तमासा रोजगारी कस्तो भएछ
प्रविधि त माकुरोको जालो जस्तो भएछ ।

आधुनिक विकासमा कसरी अल्झ्यो तारको जालो
राजनीति जस्तै रहेछ खम्बामा त्यो बेकारको जालो
रहेनछ योजना, लथालिङ्ग समाज बन्यो हैन त
वृद्धि हैन विकासको नाममा गरेको हारको जालो
बेरोजगारी युवाको मन चिर्ने चक्कु धारको जालो ।

पटकपटक देशको मुहार फेरेँ भन्थ्यो
ममताको अङ्गालोमा देशलाई बेरेँ भन्थ्यो
देखियो खम्बाभरी देशको झुण्डेको गहना
बेकामी बनेका योजना सबै नै केरेँ भन्थ्यो
अगुवाका वचन थिए केलाई हेरेँ भन्थ्यो ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २१

उल्का उत्पातको देश हाम्रो
जटा भरिएको केश हाम्रो
उधुमचक्र तार जेलेर
जगल्टिएको छ भेष हाम्रो
कहाँ पुग्ला त हौ रेश हाम्रो ॥

गुणनिधि घिमिरे अमेरिका


सम्बन्धित शीर्षकहरु

मानाडो - इन्डोनेसियाको सुलावेसी टापुबाट आइतबार सयौं मानिसहरू बोकेको एउटा यात्रुवाहक डुङ्गामा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले…

तितोपाटी- नेपाली नारीहरूको महान पर्व  हरितालिका तीजको अवसर पारेर  पाल्पाली समाज युएईले अथिति कलाकारको साथमा भब्य रुपमा मनाउने भएको छ।…

तितोपाटी-नेपालले लगातार दोस्रो पटक आइसिसी विकास श्रेणी अवार्डअन्तर्गत डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद…

प्रतिकृयाहरू
...