Saturday 26th September 2026

कुवेत स्वास्थ्य मन्त्रालयद्वारा आप्रवासीहरूको लागी नयाँ शुल्क सार्वजनिक


तितोपाटी-कुवेतस्थित स्वास्थ्य मन्त्रालयद्वारा गत आइतबार देखी नया नियम लागू गरेको छ।

मन्त्रालयले देशभरका सार्वजनिक स्वास्थ्य क्लिनिक र अस्पतालका आकस्मिक कक्षमा रहेका फार्मेसीहरुमा औषधि लिनका लागि आप्रवासीहरुलाई औषधि शुल्कमा ५ दिनार तिर्नुपर्नेछ, भने बाहिरी बिरामी क्लिनिकहरूमा वितरण गरिनेऔषधिको लागि १० दिनार शुल्क आवश्यक हुनेछ। प्राथमिक स्वास्थ्य क्लिनिक र अस्पतालका आकस्मिक कक्षहरूमा मेडिकलचेकअपका लागि २ दिनार शुल्क लगाएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयको जानकारी अनुसार उक्त नियम केबल आप्रवासीहरूको लागी रहेको जनाएको छ।

स्वास्थ्य बीमा प्रणालीमा दर्ता भएका बाहिरी बिरामीहरूबाट औषधि वितरणको लागि शुल्क उठाउन स्वास्थ्य मन्त्रालयले जारी गरेकोनिर्णयले स्वास्थ्य सेवा सुधार गर्न, औषधिको दुरुपयोग रोक्न र वितरणलाई नियन्त्रण गर्ने उद्देश्य राखेको र औषधि शुल्क स्वास्थ्यपरामर्श शुल्कको अतिरिक्त हुने स्वास्थ्य मन्त्रालयलाई उद्धत गर्दै अल-कबास दैनिकले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...