Wednesday 2nd September 2026

मणिपुरका मुख्यमंत्रीले अतिरिक्त खेतीको लागि बाँडे सहयोग राशि


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले मणिपुरमा अतिरिक्त खेती गरेर जीविकोपार्जन गर्नेहरूलाई सहयोग राशि वितरण गरेका छन् ।

एनइसीको तत्वावधानमा जारी गरिएको सहयोग राशि भने अतिरिक्त खेतीको रूपमा राज्यका मानिसहरूले गाँजा र चरसको खेतीको सट्टामा जीविकोपार्जन गर्नुको लागि अन्य प्रकारको खेती गर्नको प्रेरणाको रूपमा सहयोग राशि दिएको उनले बताए ।

राज्यका पहाडी जिल्लाहरू जस्तै सेनापति, काङपोकपी, चंदेल, चुडाचांदपुर लगायत सबै खेतीवालाहरूलाई सहयोग राशि दिएको हो । एनइसीले केन्द्रको सहयोगले जम्मा चार करोड रुपैयाँको बजेट तैयार गरेर खेतीवालाहरूलाई नशा मुक्त बनाउने प्रयास गरेको हो ।

सहयोग राशि वितरण पश्चात मुख्यमंत्रीले भने कि मणिपुरलाई नशा मुक्त बनाउनको लागि सरकारको प्रयास हो । यस्तो प्रकारको खेतीले अवश्य पनि खेतीवालाहरूलाई फाइदा पुर्याउने छ ।
उनले अगाडि थपे कि हामीले ओरगनिक खेती तर्फ ध्यान दिनुपर्ने छ जसले हामीले आफूलाई अलग्गै रूपमा चिनाउन सकौं । उनले अगाडि भने कि मणिपुरमा एक दिन नशा मुक्ति मणिपुर हेर्न चाहने मेरो प्रयास पनि हो ।एकदिन अवश्य पनि सफल हुनेछ ।

स्मरण रहोस मणिपुर धेरै अगाडिबाट नशाको चपेटामा आएको हो ।अब त मुक्त हुन्छ भन्ने आशा राख्न सकिन्छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को…

इजरायली सेनाले अधिकृत पश्चिम किनाराका विभिन्न क्षेत्रमा प्यालेस्टिनीहरूको घर भत्काउने अभियान जारी राखेको छ। रामल्लाह र नाब्लुस क्षेत्रमा केही घरहरू…

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

प्रतिकृयाहरू
...