Thursday 22nd October 2026

मणिपुरका मुख्यमंत्रीले अतिरिक्त खेतीको लागि बाँडे सहयोग राशि


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले मणिपुरमा अतिरिक्त खेती गरेर जीविकोपार्जन गर्नेहरूलाई सहयोग राशि वितरण गरेका छन् ।

एनइसीको तत्वावधानमा जारी गरिएको सहयोग राशि भने अतिरिक्त खेतीको रूपमा राज्यका मानिसहरूले गाँजा र चरसको खेतीको सट्टामा जीविकोपार्जन गर्नुको लागि अन्य प्रकारको खेती गर्नको प्रेरणाको रूपमा सहयोग राशि दिएको उनले बताए ।

राज्यका पहाडी जिल्लाहरू जस्तै सेनापति, काङपोकपी, चंदेल, चुडाचांदपुर लगायत सबै खेतीवालाहरूलाई सहयोग राशि दिएको हो । एनइसीले केन्द्रको सहयोगले जम्मा चार करोड रुपैयाँको बजेट तैयार गरेर खेतीवालाहरूलाई नशा मुक्त बनाउने प्रयास गरेको हो ।

सहयोग राशि वितरण पश्चात मुख्यमंत्रीले भने कि मणिपुरलाई नशा मुक्त बनाउनको लागि सरकारको प्रयास हो । यस्तो प्रकारको खेतीले अवश्य पनि खेतीवालाहरूलाई फाइदा पुर्याउने छ ।
उनले अगाडि थपे कि हामीले ओरगनिक खेती तर्फ ध्यान दिनुपर्ने छ जसले हामीले आफूलाई अलग्गै रूपमा चिनाउन सकौं । उनले अगाडि भने कि मणिपुरमा एक दिन नशा मुक्ति मणिपुर हेर्न चाहने मेरो प्रयास पनि हो ।एकदिन अवश्य पनि सफल हुनेछ ।

स्मरण रहोस मणिपुर धेरै अगाडिबाट नशाको चपेटामा आएको हो ।अब त मुक्त हुन्छ भन्ने आशा राख्न सकिन्छ ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...