Wednesday 4th March 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३२ औं श्रृङ्खला कविता विशेष गाेष्ठीकाे रुपमा भव्यताका साथ सम्पन्न


नारायण कोइराला – चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३२ औं श्रृङ्खला कविता विशेष गाेष्ठीकाे रुपमा यहि मिति २०७९ साल मंसिर २१ गते भव्यताका साथ सम्पन्न भयाे ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्व एबं अनेसास पूर्व ह्युस्टन अध्यक्ष गंगा लिगलकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि लिगलले चन्द्रागिरिकाे कार्यक्रम नियमित चलिरहेकाेमा खुशी लागेकाे छ ।याे सस्थाले धेरै नया स्रष्टाहरुलाई विभिन्न विधाहरुमा लेखनीमा परिष्कृत गराईरहेकाे एउटा पाटाे छ भने अर्काे तर्फ विश्वभरका स्रष्टालाई एउटै छाता मुनी जाेडेर रचनात्मक अादानप्रदान गराईरहेकाे छ भन्नु हुँदै सबैकाे मनाेभावमा देश हुनु पर्छ ।अाजकाे रचनाका देशलाई स्वर्ग मान्ने कविता पनि अायाे खुशी व्यक्त गर्नु भयाे ।

विशेष अतिथि कलानिधि दाहालले विकाश द्रुतगतिले गरेकाे छ अब प्रकाशन तिर पनि विचार पुर्याउन जरुरी छ भन्नु हुँदै अाफ्नाे रचना सुनाउनु भयाे ।विशिष्ठ अतिथि मणीराज सिंहले चसाप्रनेकाे नियमित कार्यक्रम प्रति खुशी व्यक्त गर्दै रचना सुनाउनु भयाे ।अर्का विशिष्ठ अतिथि डा, देवी पन्थी ज्यूले साहित्यकाे विकाश र संरक्षणमा धड्कन जीकाे नेतृत्वमा याेगदान गरिरहनु भएकाे छ प्रविधिलाई प्रयाेग गरेर जाे जहाँ छ त्यहीबाट रचना सुन्नु र सुनाउन पाउनु पनि खुशीकाे कुरा हाे भन्नु हुँदै चारु सुनाउनु भयाे ।
चुडा निर्भिककाे कुशल उद्घघाेषणमा भएकाे काव्य गाेष्ठीमा अतिथि साहित्यकारहरु क्रमस नारायण प्रसाद निराैला,लक्ष्मी प्रसाद मिश्र,उत्तम भेटवाल,चन्द्रावती अधिकारी,चुडा निर्भिक,शुरेश घिमिरे,सिर्जना खनाल,जानुका थापा,प्रेम थापा, उमा अाेडारी,नारायण प्रसाद भण्डारी,रेहित सैंजु,रेणु घिमिरे,सीता काफ्ले,देवी प्रसाद मिश्र,घनश्याम पाैडेल,जानुका थापा,मन्जुश्री दार्जिलिङ,दुर्गा रिमाल अधिकारी,गंगा अभिलाषी,द्वारिका कुईंकेल,लगायत २७ जना सर्जकहरुले अा-अाफ्ना रचना कविता,खाेरिया,चारु,अादि वाचन गर्नु भयाे ।।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे रुपमा खाेरिया लेखनकाे सैद्धान्तिक अवधारणा ४ पङ्तिकाे संम्रचनामा ३ पङ्ति ८/८,८ अक्षर र चाैथाे पङ्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूर्ण खाेरिया बन्ने प्रष्ट पार्नु हुँदै खाेरिया विश्वभर छरिएर रहनु भएका स्रष्टाहरूले नेपाली साहित्यकार विश्व सञ्जाल मार्फत हरेक बुधार लेखन अभ्यास गरिरहनु भएकाेमा खुसी एबं गर्व लागेकाे छ भन्नु हुँदै यहाहरु नियमित समय दिएर जाेडिनु भएकाेले नै अायाेजकले खुशी ग्रहण गर्न पाएका हाैं भन्न हुँदै प्रमुख अतिथि ज्यू,विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि अामन्त्रीत साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गरि अाफ्नाे रचना वाचनका साथ कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...