“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/०८/२०
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास :-
स्याबास/आवास
प्रवास
सुवास
निवास
आदि मिल्दो ।
स्थायी :- मिल्ने खालको ।
अक्षर संख्या :- ५ देखि २५ अक्षरका, पाँचै पद बराबर अक्षर सङ्ख्या भएका
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
सिन्दुर पोते धरेर पराई घर जाँदा प्रवास लाग्यो जीवन
मामाघर र जन्मघरभन्दा भिन्न नयाँ आवास लाग्यो जीवन
परिवर्तन भइ रहने रहेछ समयसँगै उमेर पनि
गर्भभित्र खेल्दा सन्तान मातृत्वको मीठो सुवास लाग्यो जीवन
फूलबारीमा पुतली झैँ प्राकृतिक गुँड निवास लाग्यो जीवन ।
सविता के.सी., काठमाडौँ ।
पञ्चाङ्ग २
रुन मन लाग्छ प्रवास सम्झेर
आफ्नै लेक बेसी निवास सम्झेर
बाध्यताले आज मन रोएको हो
पराइ भूमिको खवास सम्झेर
चमेलीको मिठो सुवास सम्झेर ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ३
भ्रष्टलाई लुक्ने आवास जताततै
निमुखालाई कारावास जताततै
पद्धति र प्रणाली बिग्रेको देशमा
जनतालाई उट्ठाबास जताततै
धनाड्यलाई त स्यावास जताततै ।
✍️प्रेम थापा “मन “🇳🇵
पञ्चाङ्ग ४
सार्है कठिन याे गणतन्त्रकाे प्रवास भएछ
बाटाेमा छल्ने ती ठगहरुको निवास भएछ
आफ्नै दाइभाइकाे नास गराउने सहयात्री
छद्म भेषका ती झाेलेहरुकाे आवास भएछ
चाकडीबाज त्याे सधैँ नेताकाे खवास भएछ ।
टीकाराम जाेशी, टीकापुर
पञ्चाङ्ग ५
सहेर बस्नलाई हरेक काम पनि स्यावास बस्नुपर्यो
लुकेर बाण हान्न खोज्छौ अनि यसरी प्रवास बस्नुपर्यो
हैसियत देखाउँछौ कति सजिलै बिर्सी पहिलेको कुरा
अनौठो मान्नै भएन सोच्दा भविष्यमा सुवास बस्नुपर्यो
जलाएको चिताको अगाडि उभिएर निवास बस्नुपर्यो ।
अम्विका अधिकारी
झापा विर्तामोड
पञ्चाङ्ग ६
परदेशी फर्के आफ्नै निवास सम्झेर
यहाँ रुन्छन् गरिबी उठिवास सम्झेर
हात मुख जोड्न मुश्किल परेको बेला
फेरि पनि जान खोज्छन् प्रवास सम्झेर
दुई पैसा कमाउने सुवास सम्झेर ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ७
आफु बस्ने निवास सम्झेर
रुन्छ मन प्रवास सम्झेर
बस्छु बरु रोएर कुनामा
बेकार छ स्यावास सम्झेर
मिठो मिठो सुवास सम्झेर ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग ८
फूलैफूलको बगैचामा सुवासको कमी नहोस्
जितेर मन्त्री भएपछि आवासको कमी नहोस्
नघटोस् मूल्यवृद्धि ऋणमा देश डुबेको बेला
सुकुम्बासी खोला किनार निवासको कमी नहोस्
गरिब बनोस् आफ्नै देश प्रवासको कमी नहोस् ।
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग ९
आमा कति खुसी भइन् छोरो निवास आउँदा खेरि
जताततै फैलाएर किर्ती सुवास आउँदा खेरि
उसले राम्रो काम गर्दा गाउँकै इज्जत बढ्यो हेर
खुसी छ है गाउँ उसलाई स्यावास आउँदा खेरि
अघिपछि सबै साथमा ऊ आवास आउँदा खेरि ।
पशपती राई खोटाङ
पञ्चाङ्ग १०
आफ्नै देश नेपालकाे निवास चाहिन्छ
सुनाखरी, गुराँसकाे सुवास चाहिन्छ
आधा जन्ता सडककाे पेटी बास बस्छन्
घामपानी छेक्ने दराे आवास चाहिन्छ
हामीलाई सुरक्षित प्रवास चाहिन्छ ।
चन्द्रावती अधिककारी
काेहलपुर बाँके
पञ्चाङ्ग ११
चुनाव जितेका भष्टले पनि स्याबास पाउँछन्
बस्नको लागि फोकटमा ठूलो आवास पाउँछन्
हाम्रै दुखी पसिनाले मुछिएका देशका धन
नेताहरूको नातेदारले नै निवास पाउँछन्
शिक्षित बनेका सबै युवाले प्रवास पाउँछन् ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
पञ्चाङ्ग १२
कतिन्जेल मर्ने हो अझै प्रवासमा पनि
हुन त सुरक्षित छैन निवासमा पनि
जो भ्रष्टाचार गर्छ उहि महान हुँदैछ
उसैको त छ ठुलो नाम स्याबासमा पनि
दुर्गन्ध झै लाग्छ मलाई सुवासमा पनि ।
रतन बिष्ट
आलिताल डडेल्धुरा
पञ्चाङ्ग १३
महल बनाउँदा नीवास भयो
लुटेराहरुलाई स्याबास भयो
बल्ल थाहा पाए नेताको चरित्र
अहिले भाषण बगवास भयो
हेर्दा हेर्दै दुर्गन्ध सुवास भयो ।
हेमराज महरा क्षेत्री
रोल्पा नगरपालिका ५ रोल्पा
पञ्चाङ्ग १४
बाध्यताले छोडेर गयौ प्रवास ठिकै छ
सारा धर्ती सुन्य भएको आभास ठिकै छ
रोजगार नपाए पछी देशमा के गर्नु खै
भएन जीवनमा उज्यालो प्रकाश ठिकै छ
हित हुने काममा छैन स्याबास ठिकै छ ।
तारा घिमिरे
पञ्चाङ्ग १५
दिलको कुनामा मायाको आवास होस्
आफूभन्दा धेरै अर्कैको विश्वास होस्
नहोओस् कदापि घृणाको बिजाङ्कुर
मनमा प्रेम र शान्तिको निवास होस्
मधुर होस् वाणी सर्वत्र सुवास होस् ।
✍️
वसन्त अनुभव
घोराही दाङ
पञ्चाङ्ग १६
यो देश लुटी आफू बस्ने निवास बनायौ
सोझासिधा जनतालाई निराश बनायौ
महँगीको सौगात दिने नेता पर्यौ तिमी
चुनाव जित्ने नारा मात्र विकास बनायौ
स्वार्थ राखी स्रोतसाधन विनाश बनायौ ।
श्रीकृष्ण शर्मा पोखरा