Tuesday 23rd June 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३१ औं श्रृङ्खला स्वतन्त्र काव्य गाेष्ठीकाे रुपमा भव्यताका साथ सम्पन्न


काठमाण्डाै – चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३१ औं श्रृङ्खला स्वतन्त्र काव्य गाेष्ठीकाे रुपमा मिति २०७९ साल मंसिर २१ गते भव्यताका साथ सम्पन्न भयाे ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं विश्व नेपाली साहित्य महासंघ,नेपाल शाखा सल्लाहकार मणिराज सिँहकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि सिँहले चन्द्रागिरिकाे कार्यक्रम नियमित र लाेभ लाग्दाे छ ।यसले नया स्रष्टालाई साहित्य लेखनमा प्रेरित गर्दै भाषा र साहित्यकाे सेवामा ठूलाे याेगदान गरेकाे छ भन्नु हुँदै नेपाल भारत साहित्य महाेत्सवमा सहभागिहुनेहरुमा धन्यवाद एबं अागामी २०२३ फेब्रुअरी,२४,२५,२६मा नेपाल भारत साहित्य उत्सव हुन लागेकाे जानकारीका साथ रचना सुनाउनु भयाे ।

विशिष्ठ अतिथि कलानिधि दाहालले कविता पारिवारिक पृष्टभूमिकाे मात्र लेख्नु हुन्न साहित्य अाफूलाई चासाे गर्ने चिज हाेईन अाज वाचित केही कविता प्रकृति सँग दर्शन मिसिएका पनि अाएकाेमा खुशी व्यक्त गर्नु भयाे । अर्का विशिष्ट अतिथि गंगा लिगलले चसाप्रनेकाे नियमित कार्यक्रम प्रति खुशी व्यक्त गर्दै शुभकामना व्यक्त गर्नु हुँदै रचना वाचन गर्नु भयाे ।

सीता पाण्डेकाे कुशल उद्घघाेषणमा भएकाे काव्य गाेष्ठीमा अतिथि साहित्यकारहरु क्रमस अार्त अकुलिन,लक्ष्मी प्रसाद मिश्र,शारदा अाचार्य,अनुराधा थापा,टेक बहादुर लाैडारी,संगीता ठाकुर,सविता केसी,उत्तम भेटवाल,चन्द्रावती अधिकारी,चुडा निर्भिक,शुरेश घिमिरे,सिर्जना खनाल,जानुका थापा,विनु बाबा घिमिरे,प्रेम थापा सुमित्रा थामी,उमा अाेडारी,लगायत २२ जना सर्जकहरुले अा-अाफ्ना रचना कविता,खाेरिया,मुक्तक,उदक,पन्चाङ्ग,सुसेली अादि वाचन गर्नु भयाे ।

काव्य गोष्ठीको अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे रुपमा खाेरिया लेखनकाे सैद्धान्तिक अवधारणा ४ पङ्तिकाे संम्रचनामा ३ पङ्ति ८/८,८ अक्षर र चाैथाे पङ्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूर्ण खाेरिया बन्ने प्रष्ट पार्नु हुँदै खाेरिया विश्वभर छरिएर रहनु भएका स्रष्टाहरूले नेपाली साहित्यकार विश्व सञ्जाल मार्फत हरेक बुधार लेखन अभ्यास गरिरहनु भएकाेमा खुसी एबं गर्व लागेकाे छ भन्नु हुँदै प्रमुख अतिथि ज्यू,विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि अामन्त्रीत साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गरि अाफ्नाे रचना वाचनका साथ कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...