पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलक
———————–
सामाजिक सञ्जालबाट
समायोजक
—————–
👉️ सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चालिसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
संरक्षण भवनमा बस्ने वास्तविक सुकुम्बासी रे
सरकारी जमिन थाहा छैन कसले पो नासी रे
शान्ति क्षेत्र नेपालमा नाङ्गो खुकुरीको नाच के हो ?
सत्यता माथि असत्यको विजय भएर हाँसी रे
एकएकलाई समातेर पुर्याउने हो काशी रे ।
सविता के.सी., काठमाडौँ ।
पञ्चाङ्ग २
समयले मजाले बोलेको छ
वास्तविक विषय खोलेको छ
विकासको नाममा विनास भो
गरिबको आँसुले पोलेको छ
वस्तु नै महङ्गीले मोलेको छ ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ३
विकास गर्दा सधैँ जल्ने सुकुम्बासी गाली बालेनलाई
राम्रो गर्दा रिसले ढल्ने सुकुम्बासी गाली बलेनलाई
नामको मात्र सुकुम्बासी हौ तिमीहरू कारमा चढ्छौँ
करोडौँ आयस्रोत फल्ने सुकुम्बासी गाली बालेनालाई
कानुनलाई पनि छल्ने सुकुम्बासी गाली बालेनलाई
हेमराज महरा क्षेत्री
रोल्पा नगरपालिका ५ रोल्पा
पञ्चाङ्ग ४
सुकुम्बासीको पगरी गुथेर गाली गर्छौ किन
यथार्थता नेपथ्यमा गुम्सेर खाली तर्छौ किन
शुद्ध पद्धतिको सुरुवात गरि रहेको बेला
बिनाकारण कानुन मिचेर तल झर्छौ किन
सरकारी भूमिमा कुतत्त्वको बाली छर्छौ किन ?
प्रेम थापा “मन”
पञ्चाङ्ग ५
सुन्दर सपना सजाउने रहर तिम्रो
बाटो र सिमाना मिचिएको सहर तिम्रो
गर्दै थियौ देशमा केहि त गर्छु भनेर
तर पूरा हुन सक्दैन की कहर तिम्रो
निल्नु न ओकल्नु हुने भयो जहर तिम्रो
तारा घिमिरे स्वैच्छा
सङ्खुवासभा
पञ्चाङ्ग ६
धोका दिएको छ समयले
आँशु पिएको छ समयले
धनि गरिब चिन्दैन यहाँ
कसि लिएको छ समयले
मान्छे खिएको छ समयले।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,कुशादेवी,काभ्रे
पञ्चाङ्ग ७
हुने खाने र हुँदा मात्र खाने खुट्याउनु पऱ्थ्यो
दुधको दुध पानीको पानी छुट्याउनु पऱ्थ्यो
नहुनेहरूलाई अर्को व्यवस्था मिलाए पछि
सम्पन्न र विपन्न छानेर नै लुट्याउनु पऱ्थ्यो
हो है !! विचार विमर्स गरेर भुट्याउनु पऱ्थ्यो ।
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग ८
कसका हुन छोरा कसका हुन नाति ति?
लाज ढाकेर बनेका अझ यहाँ माथि ति
ठूला सुकुम्बासी वास्तविक परे ओझेल
नक्कली पो रहेछन् हजुर सुकुम्वासी ति
बालेनलाई सम्झिने गर्छन् झन खालि ति।
निर्मला सुवेदी,बागलुङ ।
पञ्चाङ्ग ९
सक्कली हुन् या नक्कली छानबिन हुनुपर्यो
सुकुम्बासीज्यू घरजग्गा विहिन हुनुपर्यो
थुप्रै सम्पत्ति लुकाई सुकुम्बासी बन्नेलाई
अलिकति लाज सरम र घिन हुनुपर्यो
सदा सत्यको जीत झुठ उदासिन हुनुपर्यो ।
वसन्त अनुभव
Sabita
Sabita Khatri
पञ्चाङ्ग १०
थाहै छैन के लुकाउने के देखाउने हो
कसलाई दिने कसलाई छेकाउने हो
डर यही लाग्छ विनोद चौधरीले पनि
कहिले सुकुम्बासीमा नाम लेखाउने हो
हुकुमबासीलाई नै कति टेकाउने हो ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग ११
सुकुम्बासीले त रक्सी पिएका छन्
देखाउन थाेत्राे लुगा सिएका छन्
वास्तविक सुकुम्बासी काे छ र यहाँ
सबैले त लालपुर्जा लिएका छन्
घुस्याहालाई रकम दिएका छन्
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग १२
कस्लाई केथाह कति कमाए कति कुहाए हेर
नेताले भ्रष्ट गरि कतिलाई त्यसै झुलाई हेर
पानी माथिको ओभानो न सम्झ कसैलाई पनि
सखाप पार्नु नै रहेछ रोमरस खुवाए हेर
अर्थ बिहिन कुराको पछि दौडाई रुवाए हेर ।
अम्विका अधिकारी
झापा विर्तामोड
पञ्चाङ्ग १३
समस्यै समस्या जता पनि कतै हल छैन
बीचमा तेर्सिन्छ ढुंगा हटाउने गल छैन
छलाङ मार्छु भन्दै आउँछ मुर्ख समाधान
जहा टेक्यो भासिन्छ टेक्ने उचित थल छैन
शिरै मात्र पो ताक्छ जरा खोतल्ने बल छैन ।
-पशपती राई खोटाङ
पञ्चाङ्ग १४
नक्कली अगाडी बढेका छन्
सक्कली पछाडी परेका छन्
अब त प्रष्ट भयो होला नी,
ढलानी बनाइ गडेका छन्
टोयोटा किनाइ रमेका छन् ।
धनमाया चौधरी कैलाली