Tuesday 19th March 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला :- सन्ताउन्नौँ भाग (५७)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/०८/०६
………………………………………….

प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================

अनुप्रास :-
खेला, चेला, झेला, ठेला, देला, फेला, बेला, भेला, मेला, सेला, हेला, रेला आदि मिल्दो ।

स्थायी :- मिल्ने खालको ।

अक्षर संख्या :- ५ देखि २५ अक्षरका, पाँचै पद बराबर अक्षर सङ्ख्या भएका

=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

विश्वासमा घाउ लाग्यो खेला हुन थाल्यो
विश्वास घाती ठडिने बेला हुन थाल्यो
सजगता पनि कतिन्जेल बस्ने होला ?
तँछाडमछाड गर्दै भेला हुन थाल्यो
इमान्दारी शब्दै माथि झेला हुन थाल्यो ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

हुर्मतहारा सर्कस हो या जादुको खेला देखायौ
अगचका झोले सहयात्री बटुली रेला देखायौ
हो बुझेकै हो अधातुका खानी, र दुईजिब्रे बानी
दम्भको भकारी भित्र नै उत्सवको बेला देखायौ
एक खुट्टे खेल्दै आखिर आत्मघाती मेला देखायौ ।

प्रेम थापा “मन”

पञ्चाङ्ग ३

किन हो आज मलाई रेला गरेर गयौ
विश्वास गरेको थिँए हेला गरेर गयौ
भनिदेउन ए बैगुनि गल्ती थियो के नै
साँचो थियो माया मेरो खेला गरेर गयौ
सोच्नै नसकिने ठुलो झेला गरेर गयौ ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३,काभ्रे

पञ्चाङ्ग ३

मेहनत गर्ने हातमा ठेला परेका छन्
काम नगर्ने मान्छेहरु भेला परेका छन्
कहाँ सम्म चल्ने हो यो देशमा खैलाबैला
विश्वासघाती मात्रै यहाँ फेला परेका छन्
सोझासिधा जनता मात्रै हेला परेका छन् ।

धनमाया चौधरी कैलाली जानकी १ दुर्गौली

पञ्चाङ्ग ४

चुनाव हारेका नेताहरूको भेला हुन लाग्यो
जम्मा भई सबै भ्रष्टहरूको खेला हुन लाग्यो
बुथ क्याप्चरको आरोप रोजै चलिरहेको छ
सहि नभएका मत-पत्र नै फेला हुन लाग्यो
यी सबै चुनाव खारेज गर्ने बेला हुन लाग्यो ।

शिव कुमार रेग्मी
पोखराथोक, पाल्पा

पञ्चाङ्ग ५

कसैलाई मेल त कसैलाई मेला भयो
संसारको बजारमा सबैको भेला भयो
कोही सुख त कोही दुःखमा परेका छन्
समस्याको बोझ बोकेको जस्तै ठेला भयो
जिन्दगी अब त्यो अवसरको चेला भयो ।

Singer, bishal

पञ्चाङ्ग ७

हत्केलामाथि ठेला हेरेर
अनौठो लाग्छ चेला हेरेर
बाको निधार भारीले थिच्दा
तिमी बसेछौ मेला हेरेर
के पाइन्छ र खेला हेरेर ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ८

बिचबाटोमा किन खेला गर्दैछाै
बटुवाहरु किन भेला गर्दैछाै
रमिते सबै ती ठट्टा गर्ने भए
जानीनजानी किन झेला गर्दैछाै
चाँडाे न गरी किन बेला गर्दैछाै ?

टीकाराम जोशी

पञ्चाङ्ग ९

कर्तव्य पूरा गर्ने बाको हातका ठेला हेर
वात्सल्य कति छ आमाले धाएको मेला हेर
आफू कुन हैसियतमा कसरी पुगे भन्ने
आमाले सन्तानको लागी खटेकाे बेला हेर
बाबाले रोजगार खोज्ने ठाउँमा भेला हेर ।

तारा घिमिरे सङ्खुवा सभा

पञचाङ्ग १०

विकास गर्छन् कि भन्यो नेताहरूता खेला पो देखाउँछन् त
कुर्सीको होडबाजीमा गल्ली सडक भेला पो देखाउँछन् त
प्रजातन्त्र भन्थे खोई केको प्रजातन्त्र हो हौ यस्तो बिकामे
आज मिल्छन् भोली छुट्टिन्छन् नचाहिँदो मेला पो देखाउँछन् त
सरकार बन्यो जनता त भेडा र हेला पो देखाउँछन् त !!

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग ११

विकास गर्छु भन्दा भन्दै हार्छौ कति पटक
जिते कुर्सी रोज्दै सम्पति दार्छौ कति पटक
आफ्नो सुर छोड्दैनौ कर्तव्यबाट पछि हट्छौ
स्वार्थ पूरा भए जालमा पार्छौ कति पटक
सोझा जनतालाई लुकि मार्छौ कति पटक ।

अम्विका अधिकारी
झापा विर्तामोड

पञ्चाङ्ग १२

जिन्दगी नचाहिँदो तवरले झमेला भैरहेको छ
बोझ र झम्मार जस्ता अवस्थाको भेला भैरहेको छ
सकेसम्म झैझगडाबाट टाडा बस्दा नै हुन्छ राम्रो
स्वार्थी द्रष्टा यो समाजलाई ठूलै रेला भैरहेको छ
विगतमा आफ्नो समस्याले आफ्नै हेला भैरहेको छ ।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १३
(समपञ्चाङ्ग)

किसानको हातमा ठेला देखियो
मलमाथि नेताको खेला देखियो
यहाँ हरेक दिन गाईजात्रा हुन्छ
संसद्मा अचम्मको मेला देखियो
नेता सबै विदेशी चेला देखियो ।

जताततै चोरको भेला देखियो
यो देशको ढुकुटी रेला देखियो
लासको राजनीति गर्नेबाटै नै
सहिदको नाममा हेला देखियो
अब देश सँच्चिने बेला देखियो ।

श्रीकृष्ण शर्मा पोखरा

पञ्चाङ्ग १४

देश बेच्न सत्तामा नेताको त मेला लागेको छ
नेताको गफ सुन जनताको भेला लागेको छ
नगरौं बारम्बार गल्ती भन्छौ गरेरै छाड्छौं त
जिताएर होला देश बेच्नेको चेला लागेका छ
संगत उस्तैको गरेर होला हेला लागेका छ ।

हेमराज महरा क्षेत्री रोल्पा नगरपालिका ५ रोल्पा

पञ्चाङ्ग १५

जनताको मतले जित्नु भयो रेला नसम्झनु
बनाऔं देश आफैले अरुले देला नसम्झनु
जनताले सेवा गर्ला भनी आफ्नो मत देका हुन्,
हिरो बन्ने बेला हो कमाउने बेला नसम्झनु
शहिदको त्यो बलिदानलाई खेला नसम्झनु ।

-पशपती राई खोटाङ

पञ्चाङ्ग १६

सामेल भई खेलामा परेर
नतमस्तक झेलामा परेर
ब्यँझिदै नाश हुन नदिएर
शेैली भएन रेलामा परेर ।

जमुना आचार्य सिन्धुपाल्चोक

पञ्चाङ्ग १७

जीवन्त हुन राम्रो खेला हुनुपर्छ
हाँस खेल नभए रेला हुनुपर्छ
मजाक पनि जीवनको हिस्सानै हो
मन मिलामा राम्रो मेला हुनुपर्छ
राम्रो दिन आउन बेला हुनुपर्छ ।

✍️सोमनाथ लुइटेल रवि पाल्पाली , पाल्पा , हाल बर्दिया ।


सम्बन्धित शीर्षकहरु

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग…

मध्यपहाडी लोकमार्गअर्न्तगत् बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानी भन्ने स्थानमा यात्रुबाहक बस पल्टिँदा ८ जनाको मृत्यु भएको छ । घटनास्थलबाट ७…

सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । रुपन्देहीमा पक्राउ परेका महरालाई काठमाडौं ल्याइँदै…

प्रतिकृयाहरू
...