Friday 21st August 2026

म कैलालीमा छु, काठमाडौंमा रेशमजीले नेताहरूसँग कुरा गरिरहनुभएको छ: रञ्जिता श्रेष्ठ


कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अहिले कैलालीमै छिन्।उनी एक साता अझै कैलालीमै बस्ने छन्। अध्यक्ष श्रेष्ठ कैलालीमै रहेका बेला सत्तारूढ दलका शीर्ष नेताले भने काठमाडौंमा सरकार बनाउनेबारे उनको दलका नेतासँग कुरा गरिरहेका छन्।

जेलमा रहेका पूर्वसांसद रेशम चौधरीलाई विभिन्न दलका नेताहरूले छुट्टाछुट्टै भेटेका समाचार सार्वजनिक भएका छन्।उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले आफूले नै नेताहरूलाई रेशमसँग भेट्न भनेको बताइन्। रञ्जिता र रेशम श्रीमान्-श्रीमती हुन्।

‘म पार्टीको अध्यक्ष भए पनि रेशमजी पार्टीको संस्थापक हो। कोही नेताहरूले मसँग कुरा गर्न खोजे म रेशमजीसँगै कुरा गर्नुस् भनिदिन्छु,’ रञ्जिताले भनिन्,‘उहाँहरूले भेटघाट गरेको कुरा मैले पनि मिडियाबाट सुनिरहेकी छु।’

आफ्नो दल कुनै पनि गठबन्धनको सरकारमा सहभागी हुन पहिला आफूहरूका माग सम्बोधन हुनुपर्ने उनले बताइन्। ‘रेशमजी लगायत राजबन्दीहरूलाई रिहाइ गर्नुपर्ने हाम्रो प्रमुख माग हो। त्यो माग पूरा गर्न कुन दलसँग सहज हुन्छ, हामी उसैलाई समर्थन गर्छौं,’ रञ्जिताले भनिन्,‘अहिलेसम्म कुन दललाई सघाउने भन्नेबारे निर्णय भइसकेको छैन।’

२०७२ भदौको टीकापुर घटनामा रेशम चौधरी दोषी थिएनन् भन्ने सन्देश जनताले तीन पटकका चुनावबाट दिइसकेको उनको भनाइ छ।

‘२०७४ को चुनावमा यहाँ जनताले रेशमजीलाई अत्याधिक मत दिए। २०७९ वैशाखको चुनावमा हाम्रो दलले कैलालीका ४ पालिकामा जित हात पार्‍यो,’ रञ्जिताले भनिन्,‘अहिले हामीले ४ सांसद जितेका छौं। जनताले मतका माध्यमबाट बारम्बार रेशमजी निर्दोष हुन् भन्ने सन्देश दिइसके। जनताको यो सन्देश राज्यले सुन्छ भन्ने हाम्रो अपेक्षा छ।’

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

अमेरिकाले कतारलाई करिब ४.५ अर्ब अमेरिकी डलर बराबरको सैन्य सम्झौता स्वीकृत गरेको छ। प्रस्तावित सम्झौताअन्तर्गत कतारले चारवटासम्म Boeing KC-46A Pegasus…

टर्कीले सिरियाभित्र आफ्नो सैन्य उपस्थिति थप विस्तार गरिरहेको क्षेत्रीय रिपोर्टहरूले जनाएका छन्। पछिल्ला दिनहरूमा टर्कीबाट सिरियातर्फ थप बख्तरबन्द गाडी तथा…

प्रतिकृयाहरू
...