Tuesday 19th March 2024

चित्रमा पञ्चाङ्ग, भाग – ४०


चित्रमा पञ्चाङ्ग
===========
भाग: ४०
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०७९/०८/०८

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी

चित्र सङ्कलक
———————–
प्रेम थापा “मन”

समायोजक
—————–
👉️ सविता के.सी.

चित्रमा पञ्चाङ्ग
===========

पञ्चाङ्ग १

अस्तव्यस्त सहरमा एउटा आयो बाँदर
जेलिएको तार थियो त्यहाँ फुकायो बाँदर
शिक्षाभन्दा सीप ठूलो देखियो हेर काममा
नाङ्गो थियो पोल नफलेको के खायो बाँदर
नगर्नेको सेवा गरेर खै के पायो बाँदर ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

शिशिरको पानी अनौठो
कोइलाको खानी अनौठो
घर बनाउँछ न राख्छ
बाँदरको बानी अनौठो
गिद्धे आँखा नानी अनौठो ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ३

रहर कस्ता कस्ता
लहर कस्ता कस्ता
प्रवृत्ति त्यो प्रविष्ट
कहर कस्ता कस्ता
ठहर कस्ता कस्ता ?

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ४

अचम्मको रैछ सानो जुनी बाँदर
चढ्यो पोलमा नै तार मुनि बाँदर
सैतानी कारनामा मात्रै देख्छौ यहाँ
अद्भुत जस्तो आवाज सुनी बाँदर
थाहाँ छैन पछि के हो हुनी बाँदर ।

शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

पञ्चाङ्ग ५

जानी नजानीमा कहाँ लान्छ यो जिन्दगी
समयसँगै अस्तित्व तान्छ यो जिन्दगी
हेर्नु बाँदरको कला पोलमा चढेछ
दुई पल्मै खत्म हुन जान्छ यो जिन्दगी
कता कता बाट ढुङ्गा हान्छ यो जिन्दगी ।

पञ्चाङ्ग ६

न बनाउँछ न बन्न दिन्छ घर राख्दैन बाँदरले
स्वार्थी मान्छे छन् त्यसैले भर राख्दैन बाँदरले
उप्रदो र खाएर सक्ने त बानी हो बाँदर जातको
रमाउँछ स्वार्थको कुनै रहर राख्दैन बाँदरले
जिन्दगी चलेको छ जिउन कर राख्दैन बाँदरले ।

हेमराज महरा क्षेत्री
रोल्पा नगरपालिका ५ रोल्पा

पञ्चाङ्ग ७
बाँदरको जात उपद्रो मात्र गर्छ साथी
बिजुलीको खम्बामा चढछ र झर्छ साथी
थहा छैन मुर्ख त्यो धेरै जान्ने हुँदा खेरि
कुन् बेला कहाँ कहाँ अफ्ठेरोमा पर्छ साथी
तार छुयो भने करेण्ट लागि मर्छ साथी ।

बिबस पारदर्शी
भद्रपुर झापा,

पञ्चाङ्ग ८

जातै बाँदर उफ्रिनु चड्नु झुन्डिनु कर्म छ उसको
कहाँ के खान पाईन्छ खोजेरखानु धर्म छ उसको
वन जङ्गल भन्दा शहर राम्रो लाग्दैछ हिजोआज
खतरै खतरा बिजुली तार पोल मर्म छ उसको
देख्छ मान्छे लुगामा,अाफुलाई नाङ्गै सर्म छ उसको ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग ९

टुप्पो टुप्पोबाटै फाल हान्ने मान्छे
बाँदर भन्दा पनि पो जान्ने मान्छे
बाँदरले जस्तै फेदबाट चढ्नोस्
आफूलाई मात्रै श्रेष्ठ ठान्ने मान्छे
फेद नै बिर्सेर टुप्पो छान्ने मान्छे ।

पशपती राई खोटाङ ।

पञ्चाङ्ग १०

न बन्छ न त बन्न दिने रहेछ
न कन्छ न त कन्न दिने रहेछ
यी बाँदरहरुको जातै अनौठो
न भन्छ न त भन्न दिने रहेछ
न गन्छ न त गन्न दिने रहेछ ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ११

बाँदरलाई तालिम दिए बिग्र्या तार बनाउन सक्छ
दुबोको बिउ रोप्न सिकायो भने झार बनाउन सक्छ
मान्छे भन्दा कम हुँदैन बाँदर काम सिक्दछ देखेरै
बोट बिरुवा रोपी सकेपछि बार बनाउन सक्छ
रामसँग लङ्का जलाए झैँ वारपार बनाउन सक्छ ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग १२

बाँदर न हाे बनाउने हाेइन यहाँ
नाङ्गै छ लुगा लगाउने हाेइन यहाँ
कहिले रूख कहिले पाेल पनि चढ्छ
कहाँ के गर्ने बताउने हाेइन यहाँ
र कुनै फल खसाउने हाेइन यहाँ ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग १३

देखाउँछ नजानिँदो चाला यसले हेर्दैन कहीँ कतै उसले
जान्छ सजिलै अपत्यारिलो ठाउँमा करेन्ट रुख जतै उसले
देख्दा लाग्दछ अचम्म तर ऊ डर्दैन कति पनि सदा सर्वदा
पुग्दछ अनेक कोष टाढा भुल्दैन र फर्कन्छ विगतै उसले
स्याहार गरेर छाउरा मनुष्य झैँ टहल्छ जताततै उसले ।

जमुना आचार्य सिन्धुपाल्चोक

पञ्चाङ्ग १४

बाँदरको जाँगर यो चढेर केही गर्ने
इलेक्ट्रिकल लाइन पढेर केही गर्ने
आखिर बाँदरलाई लिस्नो किन भनेको
मानिसले जस्तै अघि बढेर केही गर्ने
बिजुलीको पोलबाट गढेर केही गर्ने ।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १५

एक्काइसौं सताब्दीमा प्रविधि चाहिएको छ
हेर्न अनेक थरी संसारमा पाइएको छ
दैनिक देख्न पाए आधुनिक प्रविधि पनि
बाँदरले उफ्रेर चलाउन जानिएको छ
प्रयोग गर्न पाए सक्छन् भन्ने मानिएको छ ।

तारा घिमिरे

पञ्चाङ्ग १६

न त ठाउँ न त ठेगानको ठहर देखियो
जे देख्यो त्यै चलाइहाल्ने लहर देखियो
बाँदर बाठो भयो भने अचम्मसँग मर्छ
बिजुलीको पोलमाथि चढ्ने रहर देखियो
चञ्चलेपन जीवन खाने जहर देखियो ।

श्रीकृष्ण शर्मा पोखरा


सम्बन्धित शीर्षकहरु

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग…

मध्यपहाडी लोकमार्गअर्न्तगत् बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानी भन्ने स्थानमा यात्रुबाहक बस पल्टिँदा ८ जनाको मृत्यु भएको छ । घटनास्थलबाट ७…

सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । रुपन्देहीमा पक्राउ परेका महरालाई काठमाडौं ल्याइँदै…

प्रतिकृयाहरू
...