Monday 19th January 2026

बाल कविता: श्रीअन्तुको स्पर्शमा आउँदा


खाली पेट भएपनि लेखूँ जस्तो लाग्यो
रातभरको यात्रा थियो निद सब भाग्यो।
अध्यारोमा आका थियौं पूर्व देखियो रातो
एकैचोटि ठुलो संख्या पर्यटक आको।

चाँदी जस्ता देखिएका सुन झैँ हिमाल
हेरहेर कत्ति राम्रो श्रीअन्तुको कमाल
फरक फरक हावापानी प्रकृतिको सवाल।
जहाँ जान्छौं रम्ने गरौं रौनकसँग बबाल।

तातो रोटी जस्तै गरी क्षितिजबाट उठ्यो
धर्तीलाई न्यानो अनि प्रकाश दिन जुट्यो
एक्लै भएपनि उसको तेज कति ठूलो
रोगव्याध सबैलाई पारिदिन्छ धुलो ।

हामी आयौँ श्रीअन्तुको डाँडामाथि आज
सुर्जेनारान हाम्रो मनमा गरेकाछन् राज
अन्त रात भएपनि यहाँ उनलाई देखेँ
मनका कुरा भाइबैनी तिम्रो सामु लेखेँ ।

केही सिक्न केही बुझ्न श्रीअन्तुमा आयौँ
प्रकृति नै हाम्रो गुरु भन्ने गीत गायौँ
धर्ती फोडी सूर्य आए रातोरातो हुँदै
भाग्नुपर्‍यो अँध्यारोले आँखा छोपी रुँदै ।

नेपालको सबैभन्दा पूर्व आयौँ हामी
मेची नदी पूर्वी सीमा सूर्य झुल्को नामी
जाडो शुरु भएको छ शरीर छोप्नुपर्छ
देशलाई माया गर्ने भाव बोक्नुपर्छ ।

शारदा दहाल (भण्डारी)
श्री लक्ष्मी मा बि
बेलबारी -११
मोरङ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...