Thursday 28th March 2024

लघुकथाः विश्वासमा ठेस -कमला देवकोटा


खै कतिखेर मुन्टिनेहुन्, आफ्नो भुँडी भरियो होला क्यारे भुन्टाभुन्टी र मेरो के मतलब?
धन्नै छ यो समाज ,पुरुषहरुको ज्यादती।
मामाको घोडी मेरो हीं हीं।
जित्ने अर्कै मोज गर्ने अर्कै, रात दिन झण्डा बोकेकोछ हिंडेको छ।
भुनी भुन्भुनाईरही। चट्टान माम भन्दाभन्दै निदायो। छोरी रत्ना आमाको दु:खमा सोचमग्नछे।बिचरी सात बर्ष कि छाउरी।
चुल्हो बलेको छैन। आधा रात बित्यो।भुन्टे लड्दै पड्दै पेटीमा डग्ङरङ पल्ट्यो।
भुनी सधैं झैँ हात छाम्न गई।केही थिएन।
मोर मुर्धार अब त ज्यान गए कहिल्यै ढोका खोल्ने छैन, भन्दै छोरीलाई च्यापेर गुन्द्रीमा पल्टी। शून्य आकासमा हेर्दै भट्याई, अब त भगवानको नाम कहिल्यै लिने छैन।

कमला देवकोटा
तानसेन पाल्पा


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...