Thursday 30th April 2026

लघुकथाः बिजोग -छायादत्त न्यौपाने ‘ बगर ‘


ए कान्छा ! किन मरिहत्ते गरेर भाेकभाेकै दौडन्छस् हँ ? यी टाउको टाउको मिलेर लडेका ! हेरिराख टाउके कुनै हार्दैन । तँ बेफ्वाँक दौडिराछस् ! छिमेकीको वैरी बन्छस् । बाले नेताका पछि लागेर घर न घाटकाे नबन्न सल्लाह दिनुभाे तर राजनीतिक नसा चढेको कान्छाले सुनेन।
कान्छो दिनरात,भाेकतिर्खा नभनी खट्याे । नेताबाट राम्रै आश्वासन पाएर हाेला ! आफन्तले अनुमान गरे ।
चुनाव सकियो, कान्छाकाे नेताले हार्‍याे । हारियाे अब के गर्न सकिन्छ र ! उम्कन सजिलो भाे नेतालाई तर कान्छालाई भनेको पदमा नियुक्ति नेताको भाइले पायाे । नेताका जेठानदाइ पनि राम्रै ठाउँमा पुगे । ससुराबा त राजदूतै बने । चुनाव हारेर टाउकेका आफन्तलाई खासै फरक परेन ।
यता राम्रै देशकाे नाम चलेकाे कारखानामा गतिलै पदकाे जागिर मिल्ने गरी लागेको भिसा त्यागेकाे कान्छाे पाे बाेक्रियाे । नेताले- आफन्तलाई दिने सेवा र उनी स्वयंकाे विदेश सैरमा भने फरक परेकाे छैन।
अचेल कान्छाे बाका अगाडि पर्दैन । सानोतिनाे निजी स्कुलकाे जागिर गयाे ,भिसा पनि छुट्याे । घरमा नुनतेल छैन ।
यता नेताकाे निजी सुविधामा कमी नआए पनि कार्यकर्ता नचिन्ने राेगले भने बेस्सरी च्याँपेकाे छ ।
बा बुढाकाे अनुभव साेरैआना सही क्या ! टाउकेहरूले जितिरहे। जनतालाई पाे सास्ती ! चुनावको समयमा हार्नेकाे पछि लागियाे अहिले जित्नेकाे अगाडि के भनेर देखा पर्नु ? हार्नेले राम्रै निउ पायाे । आखिर कान्छाे आउने चुनावसम्मका लागि बेरोजगार । ऊ नेताहरूका पछि लागेर चियाखाजामा रमाउन थाल्याे । घरको काम पनि गर्दैन ,बाहिर जान पनि सक्दैन । स्वाभिमानका कुरा गरेर नथाक्ने मान्छे अचेल त कस्तो निर्लज्ज आसेपासे भूमिकामै मख्ख !
खाली दिमाग सैतानकाे घर कान्छो त बाह्रमासेतिर लहसियाे। घर चलाउन श्रीमती एक जनाले गरेको बनीबुताे छेउ न टुप्पो । हिजो जसाेतसाे चलेको घर केकेन गर्छु भनेर लागेको चुनावी लहडले ध्वस्त । छाेराछाेरीकाे बिजाेग ! कापीकलम नपाएर स्कुल जानै छाडे ।


सम्बन्धित शीर्षकहरु

विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने…

जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति…

तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ…

प्रतिकृयाहरू
...