चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग सङ्ख्या : १
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलक
———————–
प्रेम थापा “मन”
समायोजक
—————–
👉️ सविता के.सी.
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
आखाँबाट आशुँ झर्न नदेउ तिमी
मोती हो माटोमा पर्न नदेउ तिमी
जिन्दगीमा दुख-सुख आईरहन्छ
अन्याय-कुकर्म गर्न नदेउ तिमी
भित्री इच्छालाई मर्न नदेउ तिमी ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
पञ्चाङ्ग २
जीवनको दयालु खानी हौ
यता उता गर्ने त बानी हौ
सारा जिन्दगीको एक मात्र
खास मन परेकी सानी हौ
तिमी मेरो आँखाकी नानी हौ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
पञ्चाङ्ग ३
छोराछोरीले आमाबाबुलाई दोषी जस्तै खार्ने गर्छन्
अनेक माग गरेर सधैं नै अप्ठ्यारोमा पार्ने गर्छन्
जन्मदाता आँखामा सजाउँदै अनि आँसु खसाउँदै
सन्तानको दु:ख दैनिक कठिनाईसँगै टार्ने गर्छन्
जिन्दगी यसरी नै लतार्ने र परसम्म सार्ने गर्छन् ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ४
मायाको गन्तव्य बेस आँखा भयो सानी
यि नयन जुधाउने भाका छ-यो सानी
झार्नु हुँदैन विगतका आँसु कहिल्यैँ
जिन्दगी रुवाउने चलन गयो सानी
काइदा हो मन सम्झाउने लयो सानी ।
✍️ अच्युत घिमिरे-भुटान
पञ्चाङ्ग ५
आँखामा बच्चाकाे प्रतिबिम्ब देखिन्छ हेर
बच्चा काँधमा हात राखेर टेकिन्छ हेर
जन्म दिने आमाकाे सबै संसार हाे बच्चा
यी नहुँदा आमाकाे अस्तित्व मेटिन्छ हेर
बच्चा नै आमाकाे अंगालोमा बेरिन्छ हेर
नवराज भट्ट
महेन्द्रनगर, कञ्चनपुर
पञ्चाङ्ग ६
अडेका छन् आँसु ती कुन् तरेलीमा
छछल्किएछन् किन ती परेलीमा
माया गहिरो हुँदा मुटु साँटिएकाे
सम्झना लाई राख कसी करेलीमा
चिप्लिएर जाला गालाकाे टरेलीमा
टीकाराम जोशी
पञ्चाङ्ग ७
मायाको गाँठ बाँधी छोडी रहँदा खेरी
सम्बन्ध उस्ता उस्तै जोडी रहँदा खेरी
आँखामा आँसु बनेर आयो उही पल
दिएको त्यो वचन तोडी रहँदा खेरी
फलेको खेतलाई गोडी रहँदा खेरी ।
Singer bishal
Kohalpur, banke
Sabita
Sabita Khatri
पञ्चाङ्ग ८
तिमीलाई देखेपछि रुन मन लाग्यो
भित्रिएका मैलाहरू धुन मन लाग्यो
गाजलु ती आँखाबाट मोती दाना खस्दा
यो मनले त्यो मनमा छुन मन लाग्यो
सधैँभरि तिमीसँगै हुन मन लाग्यो ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग ९
आखाकाे नानीमा पानी छ
मिलेकाे जाेडी हाे सानी छ
छाेरा छाेरी आखाका नानी
चाहना पु-याउ बानी छ
नराेउ नानी त ज्ञानी छ ।
म प्र घि
पञ्चाङ्ग १०
गरिबीको मारमा छन् जनता महङ्गीले थिँचेको छ
भिजेका छन् वेदनाले परेली अभावले किचेको छ
भक्कानीएर बर्सीयो अश्रु वर्षा नै आँखामा आखिर
भ्रष्टाचार गरेर रातदिन भ्रष्टले नै खिचेको छ
खै कसरी भ्रष्टाचारी सरकार देशमा टिकेको छ ।
तेजप्रसाद खनाल
लमही दाङ ।
पञ्चाङ्ग ११
आँखामा सजाएँ बगेर गयौ
भएका ती खुसी लगेर गयौ
कसैले सोधेमा मुटुको व्यथा
कसरी भनुँ म ठगेर गयौ
पिरतीको बाटो डगेर गयौ ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग १२
आँखाबाट आँसु झार्न नपरोस्
तिम्रो माया अन्त सार्न नपरोस्
एकोहोरो हुँदैन कुरा पनि
मैले पनि माया मार्न नपरोस्
मेची महाकाली तार्न नपरोस् ।
१
आउन ढिलो भयो धेरै आँसु झरे पछि आयौ
पराइको हात समाई खोली तरे पछी आयौ
सिउँदो खालीनै थियो तिम्रो लागी साँचेको मैले
जन्मिएको घर छोडी बसाई सरे पछि आयौ
तिम्रो यादमा तड्पी आत्मा हत्या गरे पछि आयौ ।
२
तारा घिमिरे सङ्खुवासभा
पञ्चाङ्ग १३
आँसु बगाउँदा पनि लुक्दछौ तिमी पसेर मेरो
नबगाऊँ त विरलै सकिए उतै डसेर मेरो
रोदनसँगै हाँसोखुसी आउला कि भनी पर्खाइ
बिग्रिएको काम समेट्दै गर्दै गयो बसेर मेरो
माछी छिर्ने जालजस्तै राखेकी बुन्दै कसेर मेरो ।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग १४
फर्किदैन आँखाबाट आँसु झरेपछि तल
खुसी मिल्दछ र खै ! कसरी हरेपछि तल
निष्ठुरी हुन्छ ढुङ्गो खोलामा होस् वा मन्दिरमा
रहदैन अस्तित्व भिरमा परेपछि तल
लैजाउ मसँग जे छ अब मरेपछि तल ।
होम प्रसाद
पञ्चाङ्ग १५
आँखामा सजिएकी तिमी आँसुसँगै झार्न नपरोस्
जिन्दगी भनी सजाएको प्रेमलाई मार्न नपरोस्।
दुनिया हेर्नेमा आँखामा तिमी सजिएकी छौं सानी
तिमी मुटु रेटी जाँदा आँसुले आँखा तार्न नपरोस्
दृष्टि गुमाएर जिन्दगी अन्धकार पार्न नपरोस् ।।
हेमराज महरा क्षेत्री
रोल्पा नगरपालिका ५ रोल्पा हाल(केरला)
पञ्चाङ्ग १६
झर्ने ति मोतीका दाना दिल दुखे पछि
सुन्दर हुन्छ बगैंचा फूल फुले पछि
खोट ठूलो हैन हजुर ठ्लो हो चोट
बेचैनी बढ्छ हजुर मन डुले पछि
नाता नै टाढिन्छ योगदान भुले पछि ।
निर्मला सुवेदी,बागलुङ।
पञ्चाङ्ग १७
नयनबाट आँसुसँगै झार्ने नगर
पिडीत देखी मेराे माया मार्ने नगर
सँगै बाचाैँ सँगैँ मराैँ यही बाचा थियाे
समयलाई दाेष दिँदै टार्ने नगर
दिलकाे माया सीमा पारि तार्ने नगर ।
चन्द्रावती अधिकारी
पञ्चाङ्ग १८
तिम्रो माया कति तरल खस्यो पानी बनी
घोचिरहने खिल दियौ यति दानी बनी
गाह्रो होला सम्झी राख्न भुली जाउ तिमीले
जुग – जुग साँच्दै राखुँला नि मै ज्ञानी बनी
बाँचुन्जेली बस्नेछौ यै आँखाको नानी बनी ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग १९
नयनबाट दर्दमा झरी दिन्छ आँसु
हर्ष र बिस्मातमा नि भरी दिन्छ आँसु
आँसुले देखाउँछ मर्म व्यथाको कथा
आत्मामा सहजै बास धरी दिन्छ आँसु
कुनै अवस्थामा पार गरी दिन्छ आँसु ।
सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
हाल बर्दिया ।
Sabita
Sabita Khatri
पञ्चाङ्ग २०
बिहानै उठ्दा आँखा बिझाएर छोडी टाढा गयो
सुखको मौसम पंख फिजाएर छोडी टाडा गयो
हजारौ हजार सपनाको बिचमा ओझेल पर्दा
आँसु सम्हाल्दा सम्हाल्दै गिज्याएर छोडी टाढा गयो
मरिसकेको मायाले रिझाएर छोडी टाढा गयो ।
१
आँखाबाट आँसु झर्न मनमा अनेक पीर हुनुपर्छ
अरुका अगाडी नझुक्नलाई उज्यालो शिर हुनुपर्छ
जतिसुकै दुःख किन नहोस् नभन्नु मजाक बन्नसक्छौं
रुष्ट मान्छे हसाउने नै हो भने मीठो खीर हुनुपर्छ
सबैसँग बराबरी चाहन्छौ सहासी वीर हुनुपर्छ ।
अम्विका अधिकारी
झापा विर्तामोड
पञ्चाङ्ग २१
आँखामा सजाएको मान्छे तिमी
मुटुमा बसाएको मान्छे तिमी
खै किन हो बुझ्नै सकिन मैले,
प्रितमा कजाएको मान्छे तिमी
देखेर लजाएको मान्छे तिमी।।
धनमाया चौधरी
पञ्चाङ्ग २२
बग्दैछ नयनबाट प्रेम, भाे चलाई नदेऊ
बनेर बरफ पग्लिसकें म, गलाई नदेऊ
चेतियाे, भाेगियाे, निष्ठुरिकाे माया, भ्रमकाे खेती
तिम्रा आश्वासन अरुलाई झैँ मलाई नदेऊ
सुकेकाे खर भैएँ म काेरेर सलाई नदेऊ ।
रामराजा के. सी.
फर्पिङ् काठमाडौं
पञ्चाङ्ग २३
स्वीकार्य छ मन तोड या आफन्त छोड बसाऊ तिमी
दुःखमा मात्र हैन प्रियसी सन्तुष्टिमा आँसु खसाऊ तिमी
आफ्नै निर्णय असल हुँदैन अरुको ठाउँमा बसी हेर
पीडा भुल्न र अरूलाई खुसी पार्न विषले डसाऊ तिमी
मनमा शान्ति हसन्छ, निरन्तर चिसो मूल झैँ रसाऊ तिमी ।
सविता के.सी.