Sunday 11th October 2026

कविताः मर्नको मजा -दुर्गा निराैला


वास्ता छैन कुनै कसै किसिमको जो लाश मुर्दो भयो
बारम्बार मरौं अझै अब मरौ संसार कुर्दो छ यो
मर्दा स्वाद पुगेन मार्न अझ झन् झन् चाख बढ्दै छ यो
वित्था लेखन कार्यमा छ कवयत्रि यो झन् आयु चढ्दै गयो ।।१।।

गिल्ला गर्न हजार लाख जन छन् किल्ला म छोड्दि भएँ
मर्नै पर्दछ मर्छु नित्य सजिलै कात्रो म ओढ्दि भएँ
जे जे पर्दछ भोग्न भोग्छु सजिलै इच्छा छ मर्नि अब
मर्दाको रमिता म लेख्छु कविता मर्दै गरौं पौरख ।।२।।

मर्दामा उपकार होस् जन सबै निश्चिन्त बाँच्छन् भने
बारम्बार मरौँ मरौँ अझ मरौँ आफन्त नाच्छन् भने
मर्दा स्वाद लिएर शिष्ट म मरौं निर्दिष्ट कर्तव्यमा
सारा अफन्त बनुन्न प्रसन्न अझ झन् मर्नै मजा होस् ममा ।।३।।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

सुडानको ब्लु नाइल (Blue Nile) क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। मानवअधिकार समूह इमर्जेन्सी लयर्स (Emergency…

प्रतिकृयाहरू
...