वास्ता छैन कुनै कसै किसिमको जो लाश मुर्दो भयो
बारम्बार मरौं अझै अब मरौ संसार कुर्दो छ यो
मर्दा स्वाद पुगेन मार्न अझ झन् झन् चाख बढ्दै छ यो
वित्था लेखन कार्यमा छ कवयत्रि यो झन् आयु चढ्दै गयो ।।१।।
गिल्ला गर्न हजार लाख जन छन् किल्ला म छोड्दि भएँ
मर्नै पर्दछ मर्छु नित्य सजिलै कात्रो म ओढ्दि भएँ
जे जे पर्दछ भोग्न भोग्छु सजिलै इच्छा छ मर्नि अब
मर्दाको रमिता म लेख्छु कविता मर्दै गरौं पौरख ।।२।।
मर्दामा उपकार होस् जन सबै निश्चिन्त बाँच्छन् भने
बारम्बार मरौँ मरौँ अझ मरौँ आफन्त नाच्छन् भने
मर्दा स्वाद लिएर शिष्ट म मरौं निर्दिष्ट कर्तव्यमा
सारा अफन्त बनुन्न प्रसन्न अझ झन् मर्नै मजा होस् ममा ।।३।।