Friday 18th July 2025

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- त्रिपन्नौँ भाग (५३)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/०७/१५
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================

अनुप्रास :- कन्दा, खन्दा, गन्दा, चन्दा, भन्दा, फन्दा, बन्दा आदि ।

स्थायी :- मिल्ने खालको ।

अक्षर संख्या :-

=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

अरुको पनि मन हुन्छ, खोइरो खन्दा सम्झेनन्
मैले मन दुखाउने के भनेँ र ? भन्दा सम्झेनन्
कस्तो रहेछ शब्द वाण आफ‌ैँलाई मात्र दुख्ने
लिएर चलायो, दिनेले त दियो चन्दा सम्झेनन्
विपत पारेर पनि त्यसलाई फन्दा सम्झेनन् ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

चारैतिर किन गन्दा अनौठो
के रहेछ भनी खन्दा अनौठो
दुई दिनको आखिरी जीवन
दिनैपर्ने फेरि चन्दा अनौठो ‌
खास कुरा आज भन्दा अनौठो ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग

अरुको जरो नै खन्दा अहिले कस्तो छ
छनोट गरेर गन्दा अहिले कस्तो छ
मानिस कहिले मधुर कहिले गाढा ;
आफै मपाइत्व भन्दा अहिले कस्तो छ
साथीसँग टाढा बन्दा अहिले कस्तो छ ?

भ्रमित दम्भको मालिक मै हुँ भन्दा रहेछन्
ती भित्र बिरालो, बाहिर सिंह बन्दा रहेछन्
नमच्चिने पिङको सय झड्का,बुझियो पक्का
सहयोगी सबैलाई खोइरो खन्दा रहेछन्
विकृति फैलाउनेलाई साथी गन्दा रहेछन् ।

प्रेम थापा “मन” बागलुङ

पञ्चाङ्ग ४

करको भारीले थिचेर,कन्दा थाहा हुन्छ
भेट हुदा को हो चिनिन,भन्दा थाहा हुन्छ
कुरो कन्थै नबुझि, कु-ठाउँमा भोट दिई
कालो काग चरीझैँ बाठो,बन्दा थाहा हुन्छ
फेरि दिन अौँला भाँचेर, गन्दा थाहा हुन्छ ।
*
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

पञ्चाङ्ग ५

संघियताको नाममा देश गन्दा बनाएका छन्
चोर-डाँका,भ्रष्टाचारी बाट चन्दा बनाएका छन्
फोगटका चुनावी जाँड-रक्सीमा सबै बिकेर
नेपाली जनताले गलाको फन्दा बनाएका छन्
तुच्छ ब्यक्तिलाई नबनाउ भन्दा बनाएका छन् ।

शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

पञ्चाङ्ग ६

कसैको बिग्रे कसैलाई बन्दा ठीक छ
अरूको सम्पति आफनो भन्दा ठीक छ
ना हुनु कसैको सबै मेरै भइदियो
सुनको खानीमा गएर खन्दा ठीक छ
कमाई को नराम्रो बरु चन्दा ठीक छ ।

Singer, bishal

पञ्चाङ्ग ७

चुनाब पनि खै कमाउने धन्दा भो
लुट किन त पाएको मत गन्दा भो
सेवा गर्छु भन्ने हार्दा कायर किन
हुर्काए भ्रष्टाचार अहिले फन्दा भो
भोट दिन आउदा वचन रन्दा भो ।

गणेश पौडेल
कालिका ६ चितवन ।

पञ्चाङ्ग ८

लौ सेवा गरौँ दुखियाको उठाई चन्दा यसमा
सुन फलोस् हेर माटोमा कटाई खन्दा यसमा
बेहिसाबी नदेखियोस् आत्मिय नै नभए जस्तो
विकृति नआए हुन्थ्यो सहयोगी भन्दा यसमा
बेरोजी छौ? गर खेती तरकारी बन्दा यसमा ।

जमुना आचार्य, सिन्धुपाल्चोक

पञ्चाङ्ग ९

सुनैसुन भेटिन सक्छ आफ्नै जमिन खन्दा हुन्छ
विदेशमा गोरु बन्नु पर्छ यतै हलि बन्दा हुन्छ
तर के गर्नु हाम्रो देशको बिडम्बना छ त यस्तै
सोझालाई जति सक्दो ठग्ने दलालको धन्दा हुन्छ
अब त संस्कारै ठगिखाने बनिसक्यो भन्दा हुन्छ ।

-पशपति राई खोटाङ

पञ्चाङ्ग १०

विदेशीले पार्दैछन् नेपाललाई त फन्दा यहाँ
नेपाली भुलेकाछन् विदेशी नोट नै गन्दा यहाँ
कहिले हो कुन्नि नेपाली आत्मनिर्भर बन्ने खै
कल्याण हुने थिय‍ो बसे विदेशीनु भन्दा यहाँ
सून फल्छ बाँझो जमीन हामी अब खन्दा यहाँ ।

तेजप्रसाद खनाल
लमही दाङ ।

पञ्चाङ्ग ११

बारीमा जब फैलियाे तरुल याे , खन्दा त उम्दा हुने
राम्राे छैन भने लुकाइ नबसाैँ, भन्दा त उम्दा हुने
गर्नैपर्छ कठाेर कर्म श्रमले, फैलिन्छ उत्पादन
बिक्री हुन्छ मनग्य दाैलथ फले, गन्दा त उम्दा हुने
राखाैँ पुण्य भनेर वैभव दिँदा, चन्दा त उम्दा हुने ।

सुरेश चन्द्र घिमिरे
लमजुङ ।

पञ्चाङ्ग १२

तिमी आलु थियौं म पिँडालु खन्दा भेटिएँ
भावनाले बोलायौ मायालु भन्दा भेटिएँ
प्रेममा शक्ति नहुदो हुनेथिएन यस्तो
आँखा चिम्लि एक दुई तीन गन्दा भेटिएँ
मुटुभित्र प्रियतम तिमी बन्दा भेटिएँ ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग १३

कुराको चुरो छैन तैपनि भन्दा भयो
आफ्नो र अर्को नचिनी खेदो खन्दा भयो
यो स्वार्थी दुनियाँको के कुरा गर्नुछ र
ऊनिहरुको मागेर खाने धन्दा भयो
हाम्राे परिश्रम बेकारको चन्दा भयो ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती -३,काभ्रे

पञ्चाङ्ग १४

दोहोर्याएर गन्दा पनि पुग्न गाह्रो
छिटो गरेर भन्दा पनि पुग्न गाह्रो
म्यागुताको धार्नी त नपुग्दो रहेछ
बल लगाई खन्दा पनि पुग्न गाह्रो
मागेर सॅधै चन्दा पनि पुग्न गाह्रो ।

घनश्याम पौडेल, पोखरा ।

पञ्चाङ्ग १५

रमाइलोका लागि माग्छन् त चन्दा यहाँ
कुरा एउटा अनि छ बेग्लै धन्दा यहाँ
हुन्छ काम एकातिर कुरा आर्को तिर
गजब लाग्छ उल्टै त्यो धन गन्दा यहाँ
झन सत्य गर्नेलाई पार्छन् फन्दा यहाँ ।
निर्मला सुवेदी, बागलुङ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस गरिएको छ । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाको राजधानी दमास्कसमा इजरायलले हालै गरेको आक्रमणको बारेमा वासिङ्टन "धेरै चिन्तित" रहेको बताएका छन्, किनकि युद्धविराम…

प्रतिकृयाहरू
...