Friday 2nd October 2026

भारतको गुजरातमा पुल भाँच्चिदा कम्तिमा १४१ को मृत्यु, ९ जना पक्राउ


भारतको गुजरात स्थित मच्छुनदीको झोलुङ्गे पुल आइतबार राति भाँच्चिदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी हराइरहेका छन् । क्षमता भन्दा बढि मानिस पुलमा गएकाले सो दुर्घटना हुन गएको अनुमान गरिएको छ भने सो घटनालाइ लिएर ९ जना पक्राउ परेका छन् ।

छट पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो । दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । बेलाइतको शासनकालमा १९ औँ शताब्दीमा बनेको उक्त पुल मर्मत सम्भारपछि गत सातादेखि सञ्चालन गरिएको थियो ।

पुल मर्मतको ठेक्का पाएको ओरेभा ग्रुप अजन्ता म्यानुफ्याक्चरिङ प्राइभेट लिमिटेडका दुई जना प्रबन्धक, ठेकेदारलगायत नौ जना कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका छन् ।

गत मार्चदेखि मर्मतसम्भारका लागि बन्द गरिएको पुल गुजराती नयाँ वर्ष तथा दीपावलीका अवसरमा सर्वसाधारणका लागि खुला गरिएको थियो तर नगरपालिकाले पुल मर्मत सम्पन्न भएको प्रमाणपत्र नदिँदै पुल सर्वसाधारणका लागि खुला गरिएको समाचार बाहिरिएको छ । यस घटनालाइ लिएर विश्व नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...