Friday 2nd October 2026

भारतको विहारमा छठ पर्वमा ५३ जनाको डुबेर मृत्यु


भारतको पूर्वी राज्य विहारका विभिन्न भागमा छठ स्नानका क्रममा डुबेर ५३ जनाको मृत्यु भएको छ । हिन्दु धर्मावलम्बीहरूको चार दिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा गएका श्रद्धालुको डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

राज्यको विपद् व्यवस्थापन कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएअनुसार छठको अन्तिम दिन गत सोमबार १८ जना डुबेका थिए । विहारका मुख्यमन्त्री नीतिशकुमारले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारलाई क्षतिपूर्तिस्वरुप राज्यकोषबाट रू चार लाख उपलब्ध गराउने घोषणा गरेका छन् । उनले क्षतिपूर्ति बापतको रकम तत्काल पीडितका परिवारलाई प्रदान गर्ने व्यवस्था मिलाउन जिल्लाका सम्बद्ध अधिकारीलाई निर्देशन पनि दिएका छन् ।

प्रकाशको पर्व दीपावलीको अन्त्यसँगै भारतमा छठ पर्व प्रारम्भ हुन्छ । उत्तर एवम् पूर्वी भारतका हिन्दूहरूमा जलाशय तथा नदीमा स्नान गरी सूर्य भगवानको उपासना गर्ने प्रचलन छ ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...