Friday 2nd October 2026

एलन मस्कले गरे ट्वीटर खरिदे लगत्तै व्यापक हेरफेर


एलन मस्कले ट्वीटर खरिदे लगत्तै व्यापक हेरफेर गरेका छन् । केहि समय अघि मात्रै मस्कको ट्वीटर खरिद गर्ने मनसुवा पुरा भएको थियो । ट्विटरका एकमात्र निर्देशक र सीईओ एलोन मस्कले पदभार ग्रहण गरेको केही समय पछि कम्पनीका सीईओ पराग अग्रवाल, सीएफओ नेड सेगल र कानुनी र नीति प्रमुख विजया गड्डेलाई बर्खास्त गरेका थिए भने कम्पनीको निर्देशक बोर्ड पनि भंग गरेका थिए ।
हाल आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई ट्वीटरमा काम गर्न अख्तियार प्रदान गरेका छन् । यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन् । प्रायः अटोपाइलट टोलीका छन् । दुई जना बोरिङ कम्पनीका र एकजना न्युरालिङ्कका छन् ।

मस्कले यही अक्टोबर २८ मा ट्वीटरको ४४ बिलियन डलरको अधिग्रहण पूरा गरेका थिए। पछिल्लो अधिग्रहणसँगै अर्बपति मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् ।

मस्कले ट्विटरमा तानेका अन्य कम्पनीका कर्मचारीहरूमा टेस्लाका सफ्टवेयर विकास निर्देशक अशोक इल्लुस्वामी, अटोपाइलट र टेस्लाबोट इन्जिनियरिङका निर्देशक मिलन कोभाक, सफ्टवेयर इन्जिनियरिङका वरिष्ठ निर्देशक महा विर्दुहगिरीलगायत छन् ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...