Saturday 24th October 2026

एलन मस्कले गरे ट्वीटर खरिदे लगत्तै व्यापक हेरफेर


एलन मस्कले ट्वीटर खरिदे लगत्तै व्यापक हेरफेर गरेका छन् । केहि समय अघि मात्रै मस्कको ट्वीटर खरिद गर्ने मनसुवा पुरा भएको थियो । ट्विटरका एकमात्र निर्देशक र सीईओ एलोन मस्कले पदभार ग्रहण गरेको केही समय पछि कम्पनीका सीईओ पराग अग्रवाल, सीएफओ नेड सेगल र कानुनी र नीति प्रमुख विजया गड्डेलाई बर्खास्त गरेका थिए भने कम्पनीको निर्देशक बोर्ड पनि भंग गरेका थिए ।
हाल आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई ट्वीटरमा काम गर्न अख्तियार प्रदान गरेका छन् । यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन् । प्रायः अटोपाइलट टोलीका छन् । दुई जना बोरिङ कम्पनीका र एकजना न्युरालिङ्कका छन् ।

मस्कले यही अक्टोबर २८ मा ट्वीटरको ४४ बिलियन डलरको अधिग्रहण पूरा गरेका थिए। पछिल्लो अधिग्रहणसँगै अर्बपति मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् ।

मस्कले ट्विटरमा तानेका अन्य कम्पनीका कर्मचारीहरूमा टेस्लाका सफ्टवेयर विकास निर्देशक अशोक इल्लुस्वामी, अटोपाइलट र टेस्लाबोट इन्जिनियरिङका निर्देशक मिलन कोभाक, सफ्टवेयर इन्जिनियरिङका वरिष्ठ निर्देशक महा विर्दुहगिरीलगायत छन् ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...