Monday 6th May 2024

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- बाउन्नौँ भाग (५२)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/०७/०८
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ अौँ जन्म जयन्ती, पाँच दिन मनाइने तिहार तथा नववर्ष नेपाल सम्बत् ११४३ को अवसरमा यिनै वियषवस्तुमा केन्द्रित रही पञ्चाङ्ग अभ्यास गर्नुहुन अनुरोध छ ।

अनुप्रास :-

स्थायी :- मिल्ने ।

अक्षर संख्या :-

=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित पञ्चाङ्ग राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

तिहार आयो सेल बनाउने तेल ठीक छ
तिहारमा कोसेली लानलाई सेल ठीक छ
गाह्रो हुँदो रहेछ नारीलाई गरि खान नि
नजाऊ भनी माइतीमा जालझेल ठीक छ
गर भन्छन् घरको काम मात्र, खेल ठीक छ ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

मनभरि हर्ष उमङ्ग छाओस दिपावलीमा
सबैले सुन्दर आशिष पाओस दिपावलीमा
मनका ईच्छा आकांक्षा सदैव पूरा होऊन
सप्तरङ्गी टिका र माला लाओस दिपावलीमा
सदा मिष्ठान्न फलफूल खाओस दिपावलीमा ।

पूर्णबहादुर श्रेष्ठ “हुदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ३

सधैं झैं यसपालि पनि तिहार आएकाे छ
लक्ष्मी सहित धन दौलत भित्र पाएकाे छ
बत्तीले घर झिलमिल भै सजिएका छन् रे
भैलारुहरूले यहाँ भैलाे माग्दै गाएकाे छ
चारैतिर आज त खुशी नै खुशी छाएकाे छ ।

नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग ४

तिहारका पाॅच दिन रमाएर बसौॅ
देउसीरे अनि भैलो जमाएर बसौॅ
नवबर्ष साथसाथै भाइटीका पनि
यसैलाई केही दाम कमाएर बसौॅ
आपसमा खुशीयाली थमाएर बसौॅ ।

घनश्याम पौडेल, पोखरा

पञ्चाङ्ग ५

बगैँचामा फूल फुलेर खुसी छु
फूल बिच मन डुलेर खुसी छु
जिन्दगीको लक्ष्य खुसीको लागि नै
धर्ती र आकाश खुलेर खुसी छु
वेदना र पीडा भुलेर खुसी छु ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ६

घुम्दै फिर्दै फेरि उही तिहार आएको छ
केही त नपुगेको होकि जस्तो लाएको छ
धन सम्पत्ति होइन सन्तोष नै हो ठूलो
माल चरीले एकताको गीत गाएको छ
विगतको समयले हानी बताएको छ ।
निर्मला सुवेदी,बागलुङ ।

पञ्चाङ्ग ७

लक्ष्मीले सबै नेपालीको घरमा बास गरुन्
महलमा भन्दा पनि झुपडीमा खास गरुन्
महलमा बस्ने मात्रै पो उच्च श्रेणीका भए
झुपडीलाई पनि कमसेकम पास गरुन्
मानिस मानिस बीचको विभेद नास गरुन् ।
-पशपति राई खोटाङ

पञ्चाङ्ग ८

लक्ष्मीपूजाकै दिन जन्मेका लक्ष्मीप्रसाद धर्तीमा
लेखे फुटकर कविता देखि महाकाव्य धर्तीमा
महाकविको उपाधी नै दियो राज्यले उनलाई
देवकोटा सदासदाका लागि नै अमर धर्तीमा
लिएर प्रेरणा सधैँ तिमी बन अमर धर्तीमा ।
तेजप्रसाद खनाल
लमही दाङ।

पञ्चाङ्ग ९

घर घरमा लक्ष्मी पूजा गराै है
नारायण लक्ष्मी संझेर मराै है
याे संसार नारायणकै रचना
अन्त्यसम्म यिनैकाे भर पराै है
अन्तिम नारायस्मृति तराै है ।

म प्र घि

पञ्चाङ्ग १०

संसारकै अद्भूत हुन् हाम्रा महाकवि
सरस्वतीका दूत हुन् हाम्रा महाकवि
न त हाेला भविष्यमा यस्ताे अनुपम
धर्तीमाँका सपूत हुन् हाम्रा महाकवि
त्रिकालदर्शी अच्यूत हुन् हाम्रा महाकवि ।

चन्द्रावती अधिकारी
काेहलपुर वाँके ।

पञ्चाङ्ग ११

साहित्यका धरोहर धन देवकोटा
दिब्य नक्षत्र सबका मन देवकोटा
अमर जिउँदो साहित्यको सेरोफेरो
विद्वान भए पढेर जन देवकोटा
महाकवि भए लक्ष्मी भन देवकोटा ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग १२

तिहारले सौहार्दता बोकेर आओस्
झुठ बोल्नेलाई ताला ठोकेर आओस्
विसङ्गतिको पोल खोल्दै ,सौम्य बोल्दै
बेमौसमी त्यो विकृति रोकेर आओस्
प्रबल काम,कर्तव्य तोकेर आओस् ।

प्रेम थापा “मन”


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...