Saturday 17th October 2026

विदेशीहरुका कारण कुवेतको समाजमा अपराध बढयो


कुवेत शहर, एडिट ब्यूरोको एक अध्ययनले चेतावनी दिएको छ कि बैदेशिक रोजगारीको घटनाको सबैभन्दा खतरनाक नकारात्मक प्रभावहरू मध्ये एक कुवेती समाजमा धेरै बाह्य अपराधहरूको उदय हुनु हो, जुन डरलाग्दो रूपमा फैलिन थालेको छ, उक्त कुरा अल राई दैनिक ले लेखेको छ ।

जसको कारणले कुवेतको अन्तर्राष्ट्रिय प्रतिष्ठामा असर परेको भनिएको छ । विदेशी कामदारहरूको कमजोर जीवन अवस्थाबाट उत्पन्न हुने आवश्यकताहरूका कारण अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरूको प्रतिवेदनमा कुवेतको बदनाम हुने गरेको बताईन्छ ।

लागु औषध ओसार पसार, मानव बेचविखन, चोरी, अबैध रुपमा माधक पदार्थको उत्पादन र विक्री लगायतका श्रृंखलाबद्ध घट्नाहरुले कुवेतमा अपराध बढाएको भनिन्छ । यसलाई नियन्त्रण गर्न खास गरी गैर कानूनी रुपमा भागेर बस्ने र बाहिर खोजेर काम गर्नेहरु टार्जेटमा पर्ने देखिन्छ ।

यसै शिलशिलामा गृह मन्त्रालयले बजारहरुमा सुरक्षा अभियान सञ्चालन गरेको छ । बसोबास र काम ऐन उल्लंघन गरेको आरोपमा हिजै मात्र पनि ९३ आप्रवासी पक्राउ परेका छन् । उनीहरूलाई कानुनी कारबाही गर्न सुरक्षा अधिकारीको मा पठाइएको छ।

यसरी नै हिजै मात्र जाव्रियामा लोकल रक्सी उत्पादन गर्ने एक कारखाना मा प्रहरीले छापा मारेको छ र ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्ने सवै एषिय नागरिक हुन । एषियन भनेर यहाँ खास गरी भारत, नेपाल, श्रीलंका र बंगलोदेशलाई जनाउछ । तर रक्सी उत्पादन कारखानामा अहिले सम्म को रेर्कड हेर्दा औषतमा नेपालीहरुको संख्या उल्लेख्य पाईन्छ ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...