Tuesday 7th April 2026

अक्षर अक्षरकाे मर्यादा – शार्दूलविक्रीडित छन्द -दुर्गा निराैला


यात्रा जीवन सभ्यता समयकाे उद्भासमा जेलिँदा
पाई उत्तम सोच मग्न मनको आनन्दमा हेलिँदा
यो उच्चासन प्राप्ति बोध सुकिलो, संसार यात्रारत
स्वीकारोक्ति जनाइयो किरणको भन्ने कथा आदत

स्वेच्छामा परिप्राप्तिका सिलसिला बढ्दै रहे पल्पल
आए अक्षर चाङमा हरफमा बस्ने सफा झल्मल
सेवा सुस्मित चाहना प्रकटमा, नौला परिष्कारमा
यात्रा जीवन मार्गमा सफल झन् भित्रिन्छ संस्कारमा

संस्कारोचित मान्यता अचमको उब्जिन्छ वेगात्मक
मिल्दामा शुभ कामना सहृदयी, देखिन्छ रेखात्मक
लेख्ने अक्षर यी सफा हरफमा आएर बस्दा स्वतः
ल्याएँ सुन्दर छन्द साथ कविता-सौन्दर्यको तागत

श्रद्धा जीवनमा बढ्यो समयकाे चढ्दा खुली यानमा
सारा पोषक तत्व प्राप्त गरियाे डुल्दा म उद्यानमा
होस् आराधन जिन्दगी ‘अचम’को सत्कार, सेवारत
होस् यो सौम्य प्रभा विशिष्ट दुर्गा झैं चम्की अझै उन्नत

यात्राको पल जो सुनिश्चित भयो दुर्गा साथी सुरक्षा थिइन्
श्रद्धापूर्वक हेरचाह गरियो, उत्साह पक्का लिइन्
यात्रारम्भ भयो, खुल्यो समयमा याे काव्यको साइत
आए अक्षर स्वादयुक्त मलिला स्वस्फूर्त मर्यादित

-दुर्गा निराैला
🙏🙏🙏🙏🙏🙏🙏🙏✍️✍️✍️✍️✍️✍️✍️✍️🤝🤝🤝🤝🌹❤️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...