Sunday 11th October 2026

लघुकथाः नभरिने समुन्द्र -मित्र `उराठी´ गौतम


भिषण वर्षा भै रहेकोले हामी प्रतीक्षालयमा ओत लागेका थियौँ।तल कर्णाली समतुल्य भै वेग हानीरहेको थियो।वर्षाको कारण समयमै गन्तव्य पुग्न नसकिने आशङ्काले सबै निराश थिए, चुपचाप थिए।वातावरणमा मौनता छाएको थियो।
“किन त्यसरी टोलाइरहेको छोरा ?” – कर्णालीको वहाव एकोहोरो नियाली रहेको क्षितिजलाई बाबु घनश्यामले सोधे।
“निरन्तर यत्रो वर्षा भै रहेको छ।यो कर्णाली जस्तै हजारौँ नदीनालामा पानीको वहाव बढेको छ।यति धेरै पानी सागर, महासागरमा पुग्दा ती भरिएर सारा पृथ्वी जलमग्न हुनु पर्ने हो।तर त्यस्तो किन हुँदैन ?” – क्षितिजले जिज्ञासा पोख्यो।
“धत् लाटा त्यस्तो कहाँ हुन्छ ? अनादि काल देखि यही क्रम चलिरहेको छ।प्रकृतिले नै यसको सन्तुलन मिलाएको छ।”- घनश्यामले जवाफ दिए।
“तर कसरी ? वर्षामा अत्यधिक पानी जान्छ, समुन्द्री किनारका वस्ती त अवश्य डुब्छन् होला ?” -छोरो अझै जिज्ञासु बन्यो।
“समुन्द्रबाट पानी तातेर जति वाष्पीकरण हुन्छ त्यति नै पानी आकाशबाट पृथ्वीमा वर्षन्छ।छुट्टै अन्य ग्रहबाट आएर पृथ्वीमा वर्षा हुँदो हो त समुन्द्रमा नअटेर पुरा पृथ्वी जलमग्न हुँदो हो।समुन्द्रमा जति पानी घट्छ त्यती नै पानी नदीहरुबाट थपिन्छ।भोलिपर्सि ठूलो भएर विज्ञान पढेपछि यी कुरा वुझ्ने छौ छोरा।”- घनश्यामले छोराको जिज्ञासा शान्त पार्ने प्रयत्न गरे।

मित्र `उराठी´ गौतम
अमरपुर- गुल्मी हाल: तिलोत्तमा न पा -२ रुपन्देही


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...