Saturday 17th January 2026

नागरिक उन्मुक्ति पार्टीका रेशम चाैधरी र लक्ष्मण थारूको उम्मेदवारी खारेज


नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र लक्ष्मण थारुकाे उम्मेदवारी खारेज भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि बर्दिया-२ बाट उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार खारेज गरिदिएकाे हो ।२०७४ को संसदीय निर्वाचनमा कैलाली-१ बाट निर्वाचित चाैधरी हिंसात्मक घटनामा दाेषी ठहर भएपछि सांसद पद खारेज भएको थियो ।

त्यसै गरि सोही पार्टीको कैलाली क्षेत्र नम्बर-५ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी पनि रद्द भएकाे छ ।थारू कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्‍याई सजाय पाई फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका-१५ का रामबहादुर सिंहले थारु विरुद्ध उजुरी दिएपछि सोही आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले थारुकाे उम्मेदवारी रद्द गरिदिएकाे हाे ।


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

प्रतिकृयाहरू
...