Wednesday 8th April 2026

भारतको महाराष्ट्रमा ट्रक र बस ठोकिएर अागलागी हुँदा ११ जना जिउँदै जले


भारतमा महाराष्ट्र राज्यको नासिकमा शनिबार बिहान एउटा भयानक दुर्घटना एघार जनाको जिउँदै जलेर मृत्यु भएको छ । बस र ट्रक एक आपसमा ठोक्किँदा बसमा आगो लागेको थियो । हेर्दाहेर्दै २० मिनेटमा बस जलेर नष्ट भएको भाष्कर दैनिकले जनाएको छ ।

दुर्घटनामा बसमा सवार ११ जना जिउँदै जल्नुका साथै ३८ यात्रु घाइते भएका छन् । बस यवतमालबाट मुम्बई जाँदै थियो। दुर्घटना बिहान ४:३० बजे भएको थियो। अधिकांश यात्रुले बसबाट हाम फालेर ज्यान जोगाएका थिए ।

दुर्घटना नासिक-औरंगाबाद मार्गमा नन्दुरनाका नजिक भएको हो। बस चिन्तामणि ट्राभल्सको बसमा ४५-५० जना थिए । प्रहरी नायब उपायुक्त अमोल ताम्बेले दुर्घटना भएको पुष्टि गरेका छन् । यस घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...